Logo

एमालेभित्रको खैलाबैला, झलनाथ खनालको असन्तुष्टि कायमै

पार्टीमा आफु अन्यायमा परेको नेकपाका नेता झलनाथ खनालले दुखेसो पोखेका छन् । चिन भ्रमण सकेर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो दुखेसो पाखेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २ औं बर्षको शतवाषिर्की कार्यक्रममा सहभागी भएर खनाल आज स्वदेश फर्केका हुन् । खनालले न्यायका लागि पार्टीभित्रै संघर्ष गर्ने उनले बताए ।

कम्युनिष्ट आन्दोलनमा लागेदेखि नै कम्युनिष्ट पार्टीहरुको एकताका लागि आफूले संघर्ष गरेको इतिहासलाई कसैले तलमाथि पार्न नसक्ने उनले बताए । कन्तुङ्ग प्रान्तको सेन्जीएनमा भएको कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वप्रधानमन्त्री खनाल चीन भ्रमणमा गएका थिए ।

कार्यक्रममा विश्वका १६० भन्दा बढि कम्युनिष्ट पार्टीको सहभागिता रहेको थियो । ‘पार्टी बरियतामा अन्याय भएको छ ।’ उनले भने, ‘यसविरुद्ध पार्टी भित्र भिन्न मत राखेको छु ।’

प्रतिक्रिया दिनुहोस्