१५ औँ महाधिवेशनबारे देउवा समूहले निर्वाचन आयोगलाई बुझायो जानकारी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनसम्बन्धी आफ्नो कार्यतालिकाबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियालाई अस्वीकार गर्दै देउवा समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो। सोहीअनुसार आफ्नो समूहले तय गरेको महाधिवेशन कार्यतालिकासहित आयोगलाई जानकारी गराइएको नेता एनपी साउदले बताए। साउदका अनुसार…