Logo

स्वस्थ्य रहन फलफूल र काँचो तरकारी

काठमाडौँ । स्वस्थ्य रहनको लागि खानपानमा ध्यान दिन जरुरी छ । खान खाँदा फलफूल र काँचो तरकारी राखेर खाएमा स्वास्थ्यलाई लाभदायी हुने विज्ञहरु बताउछन् ।

फलफूल र काँचो तरकारीले मानसीक स्वास्थ्यमा फाइदा हुने उल्लेख गर्दै हरेक खानामा मिसाएर खानुपर्ने एक अध्ययनले जनाएको छ । किवि, केरा , स्याउ र हरियो साग आदिको सेवन गर्दा डिप्रेसन र मानसीक जस्ता रोगको खतारा पकेकोमा भन्दा कम हुने एक रिसर्चले पत्ता लगाएको छ ।

काँचो खानेकुराले मानसिक बिरामीबाट जोगाउनको साथै सकरात्मक सोचको विकास गर्ने स्रोतले जनाएको छ । पकाएर खाने र काँचो खानेको अध्ययन गर्दा काँचो खाने मानसिकरुपमा तन्दुरुस्त रहेको न्युजिल्यान्डको ओटगो युनिभर्सिटीको प्रोफेसरले बताएको छ  । काँचो फल भिटामिनयुक्त हुन्छ । यसमा क्यालोरी पनि कम हुन्छ । फलबाट पर्याप्त फाइबर मिल्छ र पाचन यन्त्रलाई स्वस्थ्य बनाउँछ ।

सब्जी मिनरल्सको राम्रो स्रोत हो । पत्तेदार सब्जीमा प्रोटिन अधिक पाइन्छ, जो मांशपेशीको मर्मत र विकासका लागि आवश्यक हुनछ । काँचो आहारमा शरीरलाई आवश्यक पोषक तत्व भरपुर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्