Logo

मिर्गौला, मुटु रोग पीडित पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन

काठमाडाैँ – पूर्व गृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । मिर्गौला, मुटु रोगबाट पीडित शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा शाही गृहमन्त्री हुनुभएको थियो । डोल्पामा जन्मनुभएका शाहीले कृषि मन्त्रालयको सचिव, सार्वजनिक सेवा आयोगको प्रमुख हुँदै गृह मन्त्रीको भूमिका समेत निर्वाह गर्नुभएको थियो ।

तत्कालीन समयमा शाही कुशल प्रशासकको रुपमा परिचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्