Logo

फेरि अस्पताल भर्ना भए राष्ट्रकवि घिमिरे, आईसीयूमा राखेर उपचार हुँदै

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर शनिबार स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे आइतबार फेरिे अस्पताल भर्ना भएका हुन् ।

उनको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि जेठ पहिलो साता अस्पताल भर्ना भएका घिमिरे ९ जेठमा भारतको मेदान्त अस्पतालमा थप उपचार गरेर शनिबार स्वदेश फर्किएका थिए । ९८ वर्षीय घिमिरे फेरि अस्वस्थ भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्