गृह मन्त्रालयको अपिल : कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीको उजुरी दिनुहोस्

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी खटाइएको वा उनीहरूलाई घरायसी तथा निजी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले नियमविपरीत खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र सम्बन्धित दरबन्दी रहेको कार्यालयमा फिर्ता पठाउन निर्देशनसमेत दिएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ‘अति विशिष्ट तथा विशिष्ट…