Logo

प्राय गर्भवतीले गर्छन् यी ८ गल्तीहरु ! सावधान: हुन सक्छ यस्ता नोक्सान

गर्भावस्था महिलाहरुका लागि निकै सम्बेदनशील अवस्था हो । यो सयमा अरु समयमा भन्दा स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्ने हुन्छ । तर जान अन्जान मै पनिपय सानाठूला गल्तीहरु हुने गर्दछन्, जसका कारण आमा र बच्चा दुबैको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित स्वास्थ्य सम्बन्धी जानकारी अनुसार यदि निम्न कुराहरुमा ध्यान दिने हो भने यस्तो अवस्थामा हुने स्वास्थ्य सम्बन्धी आउने समस्याबाट बच्न सकिन्छ । आज हामी यस्तो ८ गल्तीहरुको बारेमा जान्ने छौँ जुन गल्तीहरु प्राय महिलाले गर्ने गर्दछन् ।

१) दुई जनाको लागि खाना – हामीलाई सामान्यतया १८००–२००० क्यालोरी चाहिन्छ र गर्भवती हुँदा ३०० क्यालोरी मात्र बढी आवश्क पर्दछ । तर प्राय महिला दुई जना बराबर खाने गर्दछन् जसका कारण तौल बढ्नुका साथै जेस्टेशनल डायबिटीज हुन सक्छ । दिनमा ६ पटक भन्दा कम्ती खानु पर्दछ । खानाको चार भागको तीन भाग फलफूल , हरियो काचो सब्जिको झोल र गेडागुडी खानु पर्छ ।

२) चिकित्सककाे सल्लाह बिना औषधिको खानु – यस्तो बेलामा डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन । एन्टासिड, प्यारासिटामोल जस्ता डक्टरको सल्लाह बिना नै खाईने औषधी ब्यूटी ट्रिटमेन्टले समेत असर गर्न सक्छ । त्यसैले यसकाे अत्यधिक सेवन गर्नु हानिकारक हुन्छ ।

३) नसुत्नु – गर्भावस्थामा पर्याप्त अारामकाे जरूरत हुन्छ । त्यसैले अन्य समयमा भन्दा बढी सुत्नु अावस्यक हुन्छ । यदि घरको काम र अफिसको कामको सन्तुलन मिलाउन तपाई कम सुत्दै हुनुहुन्छ भने यसको असर बच्चालाई पर्न जान्छ । यस्तो बेलामा आमाको शरीरमा धेरै प्रकारका हर्मोनल परिवर्तन हुनेबेला हो । कम सुत्नाले तपाईलाई थकान महशुस हुने हुन्छ । यस्तो बेलामा एक घण्टा अघि नै सुत्न जानुस र आधा घण्टा ढिलो उठ्नुुस ।

४) जथाभाबी नखानुहोस – गर्भावस्था यस्तो पनि होईन की खानेकुरामा पुरै मुख बार्नु पर्छ । तर आफूलाई मन पर्ने कुरा नखाँदा तनाव बढ्न सक्छ । जुन कुरा बच्चाको लागि हानिकारक छ त्यस्तो कुरा खानुहुन्न । अमिलो पिरो र गुलियो खानुस तर मात्रा भने ध्यान दिनुहाेस् ।

५)पेटको ख्याल गर्ने – गर्भावस्थामा महिला प्राय थाकेको हुन्छन् । त्यस्तो वेला पेटतिर त्यति ध्यान दिदैनन् । त्यतिबेला मात्र ध्यान दिन्छन् जतिबेला बच्चाले केही हलचल गर्छन् । जो एकदम खराब बानी हो । यस्तो बेला बच्चासँग निरन्तर सम्पर्क गर्ने, कुरा गर्ने, पेट मसार्ने गर्नु पर्छ । यसो गरे आमा र नानीबीच गहिरो सम्बन्ध स्थापित हुन्छ ।

६) कसरत नगर्ने – गर्भावस्थामा कसरत गर्नाले तनाव हर्मोन कम हुन्छन्, रक्तसंचार बढ्ने र शरीर प्रसुतीका लागि तयार हुन्छ । गर्भावस्थाको सुरुवातका दिनमा कसरत गर्नुहोस तर डक्टरको सल्लाह लिन नभुल्नु होला । यस्तो बेला अफ्ठ्यारो र भारी कसरत नगर्नुस । मांसपेशीमा दवाब नबनाउनुस । प्रेगनेन्सी सम्बन्धी योग गर्नु सक्नहुन्छ ।

७) प्रसुतीको जथाभावी फैसला लिने – प्रसुतिको लागि हस्पिटल वा क्लिनिक छान्नु भन्दा पहिले तपाई कस्तो तरिकाले बच्चा जन्माउन चाहानुहुन्छ निर्णय गर्नुस् जुन अस्पतालले तपाईको ईच्छा पुरा गर्न सक्छ ।

८) प्रसुती पूर्व कक्षा लिनु – गर्भावस्थाको दौरानमा मनमा धेरै प्रश्नहरु खेल्ने गर्छन् । जस्तो की आफ्नो बच्चाको पालनपोशण गर्न सकिन्छ की सकिदैन भनेर । खाना कस्तो खुवाउने ? कस्तो खानाले दुध बढी आउँछ ? यस्तो प्रश्नको जवाफ दिने धेरै हुन्छन तर पनि एक्सर्पटको सल्लाह लिदा राम्रो हुन्छ । गर्भधारणको सुरुवाती दिनमै यस्तो कक्षा लिदा राम्रो । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्