काठमाडौं — इरानले कतारमा आक्रमण गरेको भनिएको घटनापछि खाडी मुलुकतर्फका धेरै अन्तर्राष्ट्रिय उडानहरू आकस्मिक रूपमा रद्द भएका छन्। त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ। रातिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ नेपाली यात्रुहरू अलपत्र परेका छन्।
प्राप्त विवरणअनुसार, विशेषगरी कतार एयरवेज, फ्लाई दुबई, सलाम एयरजस्ता खाडी मुलुक जाने उडानहरू स्थगित गरिएका छन्। उडान रद्द भएपछि यात्रुहरू न त होटल जान पाएका छन्, न त स्थिति स्पष्ट भएको छ। विमानस्थल परिसरमा सुत्न बाध्य भएका कतिपय यात्रुहरू आक्रोशित देखिएका छन्।
बिहान २ बजेको कतार एयरवेज थियो। चेकइनमा गइयो, तर केही नबोलिकन बोर्डिङ रोकियो एक यात्रुले भने, “साना बच्चा पनि छन्। कहाँ जानु, केही थाहा छैन।
यस घटनाले वैदेशिक रोजगारीका लागि खाडी मुलुक गइरहेका हजारौँ नेपालीमाथि मानसिक तथा आर्थिक तनाव थपेको छ। उडान कहिले खुल्ने भन्नेबारे एयरलाइन्सहरूले अहिलेसम्म स्पष्ट जानकारी दिएका छैनन्।
प्रतिक्रिया