Logo

३५ वर्षीया प्रियंका १० वर्ष कान्छा प्रेमीसँग डिनर डेटमा भेटिइन्, तस्विर बने भाइरल

चर्चित बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायिका निक जोनासबीचको सम्बन्धको खबर फैलिरहेका बेला पुनः यी दुई सँगै देखिएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार यि दुइलाई लज एन्जेलिसमा डिनर डेटमा देखिएको हो ।

प्रियंकाले उक्त भेटमा कालो रङको लुगा लगाएकी थिइन् भने निकले कालो र सेतो प्रिन्टेड सर्ट, कालो ज्याकेट र जिन्स लगाएका थिए ।

२५ वर्षे अमेरिकी गायक निक जोनाससँग ३५ वर्षीया प्रियंका प्रेममा रहेको खबर बाहिर आएपछि यतिबेला बलिउड तातेको छ । दुबैका केही तस्बिर सोसल मिडियामा सार्वजनिक भएपछि यी दुईबीचको सम्बन्धबारे चर्चा चुलिएको हो ।

प्रतिक्रिया दिनुहोस्