Logo

सार्वजनिक ठाउँमा नै सलमान खानलाई पिट्नेलाई २ लाख पुरस्कारको घोषणा, च्यातियो सलमानको फिल्मको पोष्टर

बलिउड अभिनेता सलमान खान फेरी एक पटक विबादमा तानिका छन् । सलमानमाथि मानिसहरुलाई भावनामा ठेस पुर्याएको आरोप लागेपछि पिट्नका लागि विश्व हिन्दु परिषदका पूव अध्यक्ष प्रवीण तोगडियाका साथी गोविन्द पराशरले दुई लाख इनाम राखेका छन् । सलमानमाथि मानिसहरुलाई भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ । जुन कुरा सलमानका ज्वाईँ आयुष शर्माले ल्याउन लागेको चलचित्र ‘लवरात्रि’ ले उत्पन्न भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लमान खानकी बहिनी अर्पिताका श्रीमान आयुष शर्माको चलचित्र ‘लवरात्रि’ सार्वजनिक हुँदैछ । यो चलचित्र सलमान खान प्रोडक्सनको ब्यानरमा बनीरहेको फिल्म हो । सबै विवाद फिल्मको नामलाई लिएर पैदा भएको भारतीय मिडियाहरुले उल्लेख गरेक छन् । यसैबिच बिहीबार सलमानका फिल्मका पोस्टर जलाइएको छ भने सडकमा फिल्मको विरोधमा नाराबाजी पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्