Logo

‘बागी–२’ सफल भएपछि प्रेमीका दिशा पटानीसँग माल्दिभ्समा यस्ते रोमान्टिक अवस्थामा भेटीए टाइगर

‘बागी–२’ स्टारर टाइगर श्राफ र दिशा पाटनीबीचको सम्बन्धलाई लिएर चर्चा भइरहन्छ । तर, उनीहरूले आफूहरूको सम्बन्धबारे स्विकारेका छैनन् । सम्बन्धबारे ‘हल्ला’ मात्रै गरिएको उनीहरूले प्रतिक्रिया दिने गरेका छन् । यहीबीच टाइगर र दिशाको यस्तो तस्बिर सार्वजनिक भएको छ, जसले उनीहरूबीच सम्बन्ध छ भन्ने हल्लालाई बलियो बनाएको छ । दिशा र टाइगरले आ–आफ्नो इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गरेका छन् । ती तस्बिरले हल्लालाई थप बलियो बनाएको हो । दिशा अहिले माल्दिभ्समा छुट्टि मनाइरहेकी छिन् । उनले इन्स्टाग्राममा केही तस्बिर सेयर गरिन् ।नयाँ पत्रिकामा खबर छ ।

फ्यानहरूले उनी एक्लै गएको अनुमान गरेका थिए । तर, दिशाले तस्बिर सेयर गरेको केही समयपछि टाइगरले पनि दिशाले डाइभ हानेको पुलमै डाइभ हानेको भिडियो सेयर गरे ।उनीहरूले एउटै ह्यासट्याग ‘मदर नेचर’ भनेर भिडियो र फोटोहरू सेयर गरेपछि उनीहरू सम्बन्धमा मात्र होइन, सँगै रहेको अनुमान उनका फ्यानले गरेका छन् । दिशाले त टाइगरको भिडियोमा लभ रियाक्टसहितको कमेन्ट पनि गरेकी छिन् । यसले उनीहरू सम्बन्धमा रहेको खुलासा भएको हो ।

प्रतिक्रिया दिनुहोस्