Logo

यस कारण छाडे पुष्पलले छक्का पन्जा ३

चलचित्र ‘मंगलम’बाट धेरै दर्शकलाई रुवाएका नायक पुष्पल खड्का चलचित्र ‘छक्का पन्जा ३’मा अनुवन्धित भएका थिए । चलचित्रको घोषणा कार्यक्रममा पनि आफूलाई आफ्नो भूमिका निकै मन परेकाले काम गर्न लागेको पुष्पलले जनाएका थिए । तर, चलचित्रको छायांकन भैरहँदा उनी यो चलचित्रबाट बाहिरिएको खवर आएको छ ।

धेरैको मनमा आखिर किन छाडे त पुष्पलले छक्कापन्जा भन्ने धेरैको मनमा प्रश्न उब्जिएको छ । यता चलचित्रका निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पलले चलचित्र छाडेको पुष्टी गरे । उनले पुष्पलले चलचित्रको स्क्रिप्ट मागेको तर आफूहरुले स्क्रिप्ट कहिल्यै पनि कुनै कलाकारलाई नदिने गरेको बताए ।

यो चलचित्रमा पुष्पलको एउटा गीत र २ सिन समावेश थियो । चलचित्रमा विशेष भूमिकामा देखिन लागेका पुष्पलले भने समय अभावले चलचित्र खेल्न नपाएको कारण दिएका छन् ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘छक्का पन्जा ३’को यूनिट अहिले पोखरामा छायांकन गरिरहेको छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाई लगायतका कलाकारको मुख्य भूमिका छ । यो बर्षको दशैंको फूलपातिमा चलचित्र रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्