Logo

अर्थमन्त्रीलाई प्रत्यक्ष चुनाव लड्न सांसदहरुले सुझाव दिएपछि…..

केपी शर्मा ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष निर्वाचनमा लड्न सांसदहरुले सुझाव दिएका छन् । आइतबार भएको बजेट भाषणमा सहभागी भएका सांसदहरुले अर्थमन्त्री खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका हुन् । कांग्रेस सांसद प्रदीप गिरिले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् ।

नेता गिरिले सांसद जत्तिको अपमानित र निरीह नेपालमा अरु कोही नभएकाले उनीहरुले अर्थमन्त्रीलाई ट्रयापमा पार्न नसक्ने दावी गरे । उनले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या नबुझेको धारणा राखे ।

नेपालमा सांसद जति कोही पनि अपमानित नभएको उनले बताएका छन् । अर्थमन्त्रीले बजेट ल्याउँदा केही ठूला नेताबाहेक कसैलाई नटेरेको गिरिको आरोप छ । अर्थमन्त्रीले आफ्नो विवेक अनुसार काम गरेको बताउँदै उनले अब अर्थमन्त्रीको विवेकको प्रयोग हुने बताएका छन् ।

नेताहरुले विजुलीबाट रेल चलाउने, चन्द्रमा र्पुयाउने सपना देखाए पनि हिसाब किताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको नेता गिरिले बताए ।

प्रतिक्रिया दिनुहोस्