Logo

मलाइका–अरबाजको डिभोर्स भएको एक वर्षपछि बल्ल खुल्यो उनीहरु छुट्टीनुको खास कारण

सलमान खानका भाइ अरबाज खान र उनकी पत्नी मलाइका अरोरा पछिल्लो समय मिडियामा प्रेम रोमान्स र डिर्भोसका कारण चचाृमा छन् । दाजु सलमान खान ५२ वर्षको हुँदा समेत अविबाहित हुनु र भाई असबाजको बिहे भएर पनि छोरा ठूलो भइसकेपछि डिर्भोस हुनुले खान परिवार निकै तनवमा छ । यसैबिच उनीहरुको सम्बन्धविच्छेदको झण्डै एक वर्ष बित्दासम्म पनि सम्बन्धविच्छेदको वास्तविक कारण सार्वजनिक हुन नसकेका बेला अहिले आएर अरबाजको जुवाको लतका कारण मलाइका आफैंले अरबाजलाई छोडेको खुलेको छ ।

आइपिएलमा सट्टेबाजीको आरोपमा पक्राउ परेका अरबाजले प्रहरीलाई दिएको बयानमा आफूले सट्टेबाजीमा करोडौं हारेको स्वीकारेका बेला उनको परिवार बिग्रीएको रहस्यको कारणका विषयमा पनि उनले रहस्य खोलेका छन् । भारतीय मिडियाका अनुसार उनले आफूलाई सट्टबाजीको लत नै लागेको र आफू विगत ६ वर्षदेखि सट्टेबाजीमा पैसा लगाउँदै आएको बताएका छन् । अरबाजको यही बानीका कारण नायिका मलाईकाले सम्बन्धमा ब्रेक लगाएको समेत उनले स्वीकारका छन् ।

प्रतिक्रिया दिनुहोस्