Logo

पुर्वप्रेमी रणवीर र आलियाको सम्बन्ध बारे दीपिकाले मुख खोलिन

अहिले बलीउडमा रणबीर कपुरको चर्चा चुलिएको छ । उनी अहिले चलचित्र ‘सञ्जु’ र आलियासँगको प्रेम सम्बन्धको कारण चर्चामा छन् । रणबीर र अलिया अहिले एकअर्कालाई डेट गरिरहेको खबरहरु सार्वजनिक भएरहेका छन् । यस बेलामै स्वंय रणबीर कपूरले मुख खोलेका छन ।

रणबीर स्वंयमले आफू आलियाको प्रेममा रहेको कुरा बताएका छन । दुवै जना फिल्म ‘ब्रह्मास्त्र’ को सेटमा सँगै काम गर्दा नजिकिएका थिए । रणबीरले आफू आलियासँगको प्रेममा रहेको सार्वजनिक रुपमा स्वीकार गरेसँगै एकाएक यो जोडी बलिउडको हट जोडीको रुपमा चर्चित भएको छ ।

अझै रोचक कुरा यो सार्वजनिक भएको छ कि रणबीरले यस सम्बन्धलाई सार्वजनिक गर्नु पूर्व उनकी पूर्व प्रेमिका दीपिका पादुकोणलाई आफ्नो सम्बन्ध आलियासँग रहेको बताएका थिए ।रणबीरले आलियासँग आफ्नो सम्बन्ध रहेको खुलासा सबैभन्दा पहिला दीपिकासँग गरेका थिए । आलिया र रणबीरबीच सम्बन्ध रहेको थाहा पाएपछि दीपिका निकै खुशी भएको दिपिका र रणबीरका निकट एक साथीले सञ्चारमाध्यममा बताएका छन ।

यी दुवै कुनै समयमा एकाअर्काको गहिरो प्रेममा थिए । दीपिकाले रणबीरको नाममा ट्याटु समेत बनाएकी थिइन जुन आज पनि उनले मेटेकी छैनन् । तर यी दुईको प्रेम सम्बन्ध टुटिसकेको छ । यी दुईबीच प्रेम सम्बन्ध नरहे पनि दुवै असल साथी हुन् । अहिले पनि दीपिका र रणबीर एकअर्काको व्यक्तिगत कुराहरु सेयर गर्छन ।

हालै फिल्म ‘सञ्जु’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरको एक दृश्यमा सञ्जय दत्तको भूमिका निर्वाह गरेका रणबीरले फिल्ममा आफ्ना ३ सय ५० जना प्रेमिका रहेको बताएका छन । प्रेमिकाका बारेमा एक कार्यक्रममा रणबीरलाई सञ्जय दत्त र उनको जीवन कत्तिको मिल्दोजुल्दो छ भनेर सोधिएको प्रश्नमा रणबीरले सञ्जयको तुलनामा अलि पछाडि नै रहेको बताएका थिए । उनले अहिलेसम्म प्रेमिकाको संख्या १० भन्दा कम रहेको बताएका थिए ।

रणबीरले आलिया उनको जीवनमा आएपछि आफूमा एक किसिमको सन्तुलन आएको बताएका छन । उनले अरुलाई चोट र्पुयाउँदा कत्तिको पीडा हुन्छ भन्ने कुरामा पहिलेको तुलनामा धेरै समझदार भएको बताएका छन । ‘अहिले हरेक कुरा नयाँ–नयाँ छ, तसर्थ यस विषयमा धेरै बोल्नु उचित नहोला’, रणबीरले अगाडि भने, ‘आलियाले उनको अभिनय बाहेक उनको जीवनमा जति पनि काम गर्छिन ती सबै कुराबाट म प्रभावित हुने गर्छु ।’

 

आलियासँगको प्रेममा पर्नुअघि रणबीर अभिनेत्री कट्रिना केफको पे्रममा थिए । उनले कट्रिनाको लागि दीपिकासँग ब्रेकअप गरेका थिए । तर कट्रिनासँगको ६ वर्षको प्रेम सम्बन्धलाई पनि २०१७ मा टुङ्ग्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्