घाइते भएर लामो समयदेखि आराम गरिरहेका ब्राजिलका स्टार खेलाडी नेयमार चोटमुक्त हुँदै मैदान छिरेपछि ब्राजिलको श्वास फेरी भरिएको छ । घाइते भएर आराम गरिरहेका नेयमार नखेल्ने विश्वकप पो हुन् की भन्ने शंकाका बिच उनी मैदान छिरे लगत्तै उनले चमत्कार देखाएका छन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ब्राजिलले ६९औं मिनेटमा गोल गर्यो । फिलिप कोउटिन्होको पासमा गोल गर्दै नेयमारले आफू पुरानै लयमा रहेको संकेत दिएका छन् ।
श्वकपअघिको मैत्रीपूर्ण खेलमा ब्राजिलले क्रोएसियालाई २–० गोलले हराउँदा नेयमारले आर्कषक गोल गरे । इंग्ल्याण्डको लिभरपुलमा रहेको एनफिल्ड रंगशालामा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र फिरिमिन्होले गोल गरे । विश्वकपमा ब्राजिल ‘समूह ई’ मा छ ।
प्रतिक्रिया