Logo

गायक कन्काईष्ट राईको ‘बिरासत भाग २’ सार्वजनिक….(भिडियो सहित)

काठमाडौं – गायक तथा संगीतकार कन्काईष्ट राईको नयाँ आधुनिक गीत बजारमा आएको छ । राजुबाबु श्रेष्ठको शब्द रचना रहेको ‘मुटुभित्र देउन मलाई बास’ बोलको गीत बजारमा आएको हो । उक्त गीतमा अहिलेका चर्चित एवम् लोकप्रिय संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ ।

गिति एल्वम् ‘विरासत भाग २’ मा समाहित ‘मुटुभित्र देउन मलाई बास’ मा गायक तथा संगीतकार कन्काईष्ट राईको समुधुर आवाज रहेको छ । उक्त गीतको म्यूजिक भिडियो निर्देशन निकेश खड्काले गरेका छन् भने दृश्यहरु बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन । भिडियो सम्पादन विकाश धमलाले गरेका छन् । भि.रेकर्डस प्रा.लिले बजारमा पठाएको ‘मुटुभित्र देउन मलाई बास’मा चर्चित नायिका वेनिशा हमाल र टंक कुलुङ हुङगेलुको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्