Logo

भाइ अरबाजका कारण तनावमा सलमान,सट्टेबाजीका कारण मलाइकासँग सम्बन्धविच्छेद

केही दिनपहिले सलमान खानले कालो हरिण सिकार काण्डमा जेलको हावा खानुपरेको थियो । अहिले फेरि उनका भाइ अरबाज खान आइपिएलमा सट्टेबाजीको चक्करमा फसेका छन् । यस काण्डमा मुछिएपछि उनलाई सोधपुछका लागि पुलिसले समातेको थियो । भारतीय मिडियाका अनुसार उनले आइपिएलको सट्टेबाजीमा ३ करोड भारतीय रुपैयाँ हारेका थिए । तर, उनले हारेको पैसा दिन मानेनन् । त्यसपछि अरबाजलाई धम्की आउन सुरु भयो । अरबाजबारे केही तथ्यः

अभिनयमा करिअर खत्तम

ले सन् १९९६ मा फिल्म ‘दरार’बाट आफ्नो करिअरको सुरुवात गरेका थिए । त्यसपछि उनी केही फिल्ममा सलमान खानका साथमा आए ।

उनले केही मल्टिस्टारर फिल्ममा पनि काम गरे । तर, उनको फिल्मी करिअर जम्न सकेन । २००४ मा फिल्म ‘हलचल’पछि त काम पाउनै बन्द भयो ।नयाँ पत्रिकामा खबर छ ।

अरबाज प्रोडक्सन हाउस

अभिनयमा सफलता हात नलागेपछि २०१० मा उनले प्रोडक्सन हाउस खोले । उनको प्रोडक्सन हाउसको पहिलो फिल्म ‘दबंग’ थियो । फिल्ममा सलमानले मुख्य भूमिका निभाएका थिए । अरबाज आफू मख्खीको भूमिकामा देखिए । यसपछि ‘दबंग–२’ पनि बन्यो । तर, अरबाजको सट्टेबाजीको लतका कारण सलमान उनीसँग टाढिए । र, ‘दबंग–३’ मा काम गर्न इन्कार गरिदिए ।

मलाइकासँग सम्बन्धविच्छेद

अरबाजले सट्टेबाजी गरेको स्विकारेका छन् । उनले ५ वर्षदेखि सट्टेबाजी गरिरहेको र १५ करोड भारतीय रुपैयाँ हारिसकेको बताएका छन् ।

तर, अरबाजले पैसा नदिएपछि मलाइकाको फोनमा धम्की आउने गर्थे । यही कारण झगडा सुरु भयो र मलाइकाले सन् २०१७ मा सम्बन्धविच्छेद गरिन् ।

सट्टेबाजीको लत

सट्टेबाजीको लतले अरबाजलाई डुबाइदियो । छिटो पैसा कमाउने चक्करमा उनी पैसा हार्दै गए । यस कुरालाई लिएर सलमान पनि अत्यधिक रिसाएका थिए ।

अरबाजले भनेका छन्, ‘दीपावलीका दिन सलमानले ममाथि हात उठाउन खोजेका थिए, तर त्यतिवेला आमा आएका कारण जोगिएँ ।’ अरबाजको यही बानीका कारण उनको परिवार उनीसँग टाढिएको छ ।

प्रतिक्रिया दिनुहोस्