Logo

‘११ वर्ष भयो मैले किड्नी फेरेको,आरामदायी जिन्दगी विताउन सक्थे’ र पनि मुलुक बनाउन २० घन्टा काम गर्दैछुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउछु भनेर नै अस्वस्थताका बावजुद दैनिक अठार बीस घन्टा काम गरिरहेको बताएका छन्। सोमवार ३ नं प्रदेश सभालाई विशेष सम्बोधन गर्दै प्रधानमनत्री ओलीले भने, ‘११ वर्ष भयो मैले किड्नी फेरेको। बुढो पनि भइसके। सबै पाटपुर्जा फेरेको जस्तो छु। तैपनि बीस घन्टा खटिएको छु । हिजो पनि २ बजे सुतेको, अस्ती पनि २ बजे राती सुतेको हुँ।’

‘पूर्व प्रधानमन्त्रीको सूचीमा मेरो फोटो अगाडि नै झुन्डिइसकेको छ। अब त्यहाँ मेरो नयाँ फोटो राख्ने पनि हैन, त्यसैले काम गर्छ’ प्रधानमन्त्री ओलीले भने, ’आरामदायी जिन्दगी विताउन सक्थे । मुलुक बनाउँछु भनेर नै म खटिएको हुँ। हामी हरेकका काम गर्ने भावना चाहियो।’

उनले कपडा उद्योग सरकारले मात्र चलाउँदा प्रतिफल नदिने बताए । ‘सरकारी मात्र भयो भने घाँस हाल्ने कोही हुँदैन, दूध खाने मात्र हुन्छ’ उनले भने । प्रधानमन्त्री ओलीले नेपालमा जनताको सरकार स्थापना भएकाले नेपालमा कोही भोकै नमर्ने बताए । ‘अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै पर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ । चुनौती पनि छ, तर त्यो अवसरमा रुपान्तरण हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्