Logo

प्रचण्डको छातीको गोलि हामीले छेक्यौ तर अहिले भेट्न समेत पाएनौ

राजतन्त्र ढालेर देशमा लोकतन्त्रिक गणतन्त्र स्थापन गर्यो । विडम्वना, जसका लागि जीवनको आहुती दिएकाहरुको भने अवस्था उस्तै छ । कोही अहिले सन्न्यांसी भएका छन् । कोही मृत्युसँग संर्घष गरिरहेका छन् । थुप्रै खाडीमा जोतिँदै छन् । जनआन्दोलको प्रमुख नेतृत्वकर्ता दल अहिलेको माओवदी केन्द्र जसलाई प्रयोग गरेर सत्तामा पुग्यो । प्रगतिशील भनिएको उही माओवादीले नै बेवास्ता गरेको उनीहरुको गुनासो छ ।

२०६२ साल चैत २४ गते सुरु भएको विशाल जनआन्दोलनले नै राजतन्त्रलाई हटाउने निर्णायक भुमिका खेल्यो । त्यसबेला केहीको ज्यान नै गयो भने हजारौँ घाइते भए । तिनै घाइतेमध्ये एक हुन् धादिङका नन्दप्रसाद रुपाखेती । महाराजगन्जस्थित चप्पल कारखानामा काम गर्दैआएका उनी गणतान्त्रिक सरकारले आफूहरुको योगदानलाई चटक्कै बिर्सेको बताउँछन् । नेपालआजले उक्त आन्दोलमा घाइते भएर कष्टपूर्ण जीवन भोगिरहेका रुपाखेतीसँग कुराकानी गरेको छ । अन्तरवार्ताको क्रममा उनले भावविह्वल हुँदै गुनासो पोखेका छन् ।

‘जनआन्दोलनका सहिद परिवार र घाइतेलाई सरकारले अवहेलना गर्यो । राजनीतिक दलले जनआन्दोलनलाई सार्थकता दिन सकेनन् । सत्ता र भत्तातामा केन्द्रित भए,’ रुपाखेती भन्छन्, ‘जुन आशा र अपेक्षाका साथ जनाआन्दोलनमा लागिएको थियो । यथार्थमा त्यो अझै पूरा नभएकोमा दुख लाग्छ ।’

प्रचण्डाका मिठा भाषणले अहिले तितो अनुभुति हुने पनि उनको गुनासो छ । जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता दल प्रमुख नेतृत्वले देश सञ्चालन गर्ने अवसर पाउँदा पनि घाइतेको घाउमा लगाउने मल्हम समेत दिन कन्जुस्याइँ गरेको उनी बताउँछन् । आन्दोलनका सहिद परिवार र घाइतेमा माओवादी पार्टीप्रति बढ्दो आक्रोश रहेको रुपाखेतीले बताए । बोलेका कुराहरु पूरा गर्न नसक्दा प्रमुख नेतामाथि चप्पल प्रहार हुनु स्वभाविक रहेको उनको बझाइ छ । अहिले राजनीतिक दलका नेताहरुको व्यावाहार देखेर बिरक्त लाग्ने दुखेसो पोखेका छन् ।

रुपाखेतीले थपे, ‘प्रचण्ड, बादल, जनार्दन, महेन्द्र शाही लगायत नेताले आम जनतामाझ माफी माग्नुपर्छ । र अब आफूले बोलेका कुरालाई पूरा गर्नतिर लाग्नुपर्छ । हाम्रो पनि सम्मान गर्नुपर्छ ।’

यस्तै रुपाखेतीले माओवादी–एमाले पार्टी एकता गर्दा पनि जनयुद्धलाई एकीकृत पार्टीको विधानमा राख्न जरुरी रहेको बताए । लोकतन्त्रिक गणतन्त्र आउनुममा युद्धको ठूलो भुमिका रहेको बताउँछन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्