Logo

भारतसँग शीर झुकाएर होइन शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको हो – केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको दावी गर्नुभएको छ । तीन नम्बर प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेपछि सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर भारतसँग सम्बन्ध सुधार गरिएको दावी गर्नुभएको हो । सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै उहाँले आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने दावी पनि गर्नुभयो ।

स्वतन्त्र मधेसका नाममा भइरहेका अवाञ्छित गतिविधि स्वीकार्य नहुने

प्रधानमन्त्री ओलीले स्वतन्त्र मधेसका नाममा भइरहेका अवान्छित गतिविधि स्वीकार्य नहुने र भ्रष्टाचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभयो । पदमा आएर आफूलाई केही लिनु नरहेको उल्लेख गर्नुभएका प्रधानमन्त्रीले ओलीले गरिबी, भ्रष्टाचार र पछौटेपनविरुद्ध सरकारले आक्रमक नीति लिएको पनि दोहो¥याउनु भयो ।

नागरिकलाई भोकभोकै मर्न नदिने, हटौंडा कपडासहित बन्द रहेका उद्योग पुनःसंचालन गर्ने, उत्पादन बृद्धिका लागि अभियान सञ्चालन गर्ने र निजी क्षेत्रसँगको सहकार्यमा रोजगारी सिर्जना गरिने आश्वासन दोहो¥याउनु भएका प्रधानमन्त्री ओलीले स्रोत–साधनको उच्च सदुपयोग गर्दै विकासका योजना बनाउन प्रदेशसभा र सरकारलाई सुझाव दिनुभयो । विकासका लागि अनुकूल वातावरण आएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई निरास नबनाई आत्मविश्वासका साथ अघि बढ्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । पाँच नम्बरपछि प्रधानमन्त्री ओलीले आज तीन नम्बर प्रदेशसभालाई सम्बोधन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्