Logo

‘सञ्जु’ मा अामाकाे भूमिका निभाएकी मनिषाले लिइन यति धेरै पारिश्रमिक

अाफ्नाे समयका चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायककाे जीवनमा अाधारित भएर बनाएकाे फिल्म ‘सञ्जु’ काे ट्रेलर पनि सार्वजनिक भइसकेकाे छ ।

अाजभाेली फिल्म ‘सञ्जु’ को भारतीय मिडियामा अत्यधिक चर्चा छ ।

याे फिल्मका लागि सन्जयकाे लुक्स बनाउन रणवीरले धेरै नै मेहनत गरेकाे बुझिएकाे छ । जसका लागि याे फिल्मबाट रणवीरले अहिलेसम्मकै बढी पारिश्रमिक लिएका भारतिय संचारमाध्यमहरूले जनाएका छन् ।  यो फिल्ममा उनले २५ करोड भारु लिएका हुन् ।

त्यस्तै सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा रहेकी मनिषा कोइरालाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् । उनले याे भूमिकामार्फत ३ करोड पाएकी छन् । भारतिय  संचारमाध्यमहरूका अनुसार फिल्ममा सञ्जय दत्तकी गलफ्रेन्ड को भूमिका निभाएकी सोनम कपुरले ६ करोड लिएकी छिन् ।

यस्तै सञ्जय दत्तकी पत्नी मान्यताको भूमिकामा रहेकी दिया मिर्जाको पारिश्रमिक तीन करोड छ । विशेष भूमिकामा रहेकी अनुष्का शर्माले भने कति लिइन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्