Logo

सांसदहरुलाइ काठमाण्डौमा समेत कोठा पाउन गाह्रो, यस्तो रहेछ कारण

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलित सांसदहरुले राजधानी काठमाण्डौमा कोठा नपाएको गुनासो गरेका छन् ।  दलित भएकै कारण काठमाण्डौमा कोठा पाउन नसकेको दलिय सांसदहरुले संसद बैठकमा गुनासो गरेका हुन् ।

आज संसदको विशेष समयमा बोल्दै सांसद कलुदेवी विश्वकर्माले दलित भएकै कारण एक महिनादेखि काठमाडौंमा कोठा पाउन नसकेको बताएकी छिन् । उनले काठमाण्डौ जस्तो ठाउँमा पनि छुवाछुटको भेदभाव डरलाग्दो रहेको उनले बताएकी छिन् । जनताका जनप्रतिनिधिले समेत दलित भएका कारण कोठा नपाउनु गतल भएको उनको भनाइ छ ।

अहिले पनि गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था बिद्यमान रहेको उनको भनाइ छ । दलित भन्ने शब्दनै हटाउनुपर्नेमा उनले जोड दिएकी हुन् । ‘छुवाछुतको भेदभाव हुने छैन भनेर सांसदमा सुनिरहेका छौं’ सांसद विश्वकर्माले भनिन् ‘काठमाडौंमै यस्तो छुवाछुत छ भने गाउँघरमा के होला ?’

प्रतिक्रिया दिनुहोस्