Logo

मोदीको स्वागत खर्च विवरण माग्दा बैठकमै मेयर र वडा अध्यक्षबीच लफडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा स्वागतका लागि जनकपुरधाम उपमहानगरपालिकाले खर्च विवरण सार्वजनिक गर्नु पर्ने मांग राख्दा बैठकमै मेयर र वडा अध्यक्ष बिच लफडा सुरु भएको छ । मेयर साहले रकम अनियमिता गरेका कारण खर्च विवरण गोप्य राखेको जनप्रतिनिधिहरूको दाबी छ ।

मोदीको स्वागत खर्चमा उपमहानगरपालिकाले झन्डै २ करोड रकम खर्च गरेको उपमहानगरपालिकाको अर्थोक शाखाको तथ्याङ्क छ । उक्त रकम कुन शीर्षकमा के कति खर्च भएको हो ? उक्त रकममा व्यापक भ्रष्टाचार रहेको जनगुणसो आईरहेकाले खर्च फाँटवारिको स्पष्ट विवरण खुल्ला रूपमा सार्वजनिक गर्नु पर्ने मांग राखेपछि मेयर लालकिशोर साह र उपमहानगरपालिका वडा नं.३ का अध्यक्ष दिपेन्द्र साह बिच हंगामा नै मच्चिएको छ । मेयर साहले खर्च विवरण सार्वजनिक नै नगरी बोर्ड बैठकबाट खर्च माईनुटमा हस्ताक्षर गराउन खोज्दा यस्तो विवाद देखिएको हो । मेयर साहले केही वडा अध्यक्षलाई आफ्नो पक्षमा तान्दै गोप्य रूपमा उक्त रकम हत्याउन खोजेको एक कर्मचारीले बताए । मेयरकै दबाबमा आफूहरूले खर्चको निकासा समेत गरेको उनको कथन छ ।

यता, वडा अध्यक्ष दिपेन्द्र साहले मेयर साह, उपमहागरपालिकाका अधिकृत तथा लेखा अधिकृतको मिलेमतोमा रकम अनियमितता गरेकाले सार्वजनिक गर्न नमानेको बताए । नगर परिषद् अगाडि नै उक्त खर्च विवरण सार्वजनिक नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्