Logo

अशोक दर्जी बोल्न थाले अंग्रेजी फरर, घर बनाउन शुरु गरेर कार्यक्रमका लागि विदेश जान पासपोर्ट बनाउन आए काठमाडौं

भाइरल ब्वाए अशोक दर्जी पुनः काठमाडौं आइपुगेका छन् । झापामा घर बनाउँदै गरेका अशोक आफ्नो पासपोर्ट बनाउनका लागी काठमाडौं आएका हुन् । १० दिन अघि झापा पुगेका गायक तथा संगीतकार टंक बुढाथोकीसँगै अशोक झापाबाट काठमाडौं आएका हुन् ।

सम्पुर्ण कागजात मिलाइसकिएको र अबको केहिदिनभित्रमा अशोकका पासपोर्ट बन्न टंकले जानकारी दिए । टंक र अशोक कार्यक्रमका लागी केहि समय पछि मलेसिया जाने तयारीमा छन् ।

बिभिन्न देशबाट अशोकको प्रस्तुतीका लागी कार्यक्रम आयोजकहरुले अफर गरिरहनुभएको टंकको भनाई छ । पछिल्लो समय अशोकले पढाईमा पनि ध्यान दिन थालेकाछन् । शुरुमा अंग्रेजीमा आफ्नो नाम समेत भन्न नजान्ने अशोकले केहि कुरा अंग्रेजीमै गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्