Logo

प्रियंकाले पत्याईन् जोन्सलाई तर उनकी आमाले पत्याईनन् !

लिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेमको चर्चा अहिले निक्कै हुन थालेको छ । तर यता प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् ।

हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यो फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै मस्ति मुडमा देखिएकी छन् । जोन्सलाई यो फोटोमा प्रियंकाको हाँसोले खुबै लोभ्याएछ । उनले लेखेका छन्, ‘वाह यो मुस्कान ।’ यति मात्र नभएर उनले लभको सिम्बोल पनि राखेका छन् । जोन्सले प्रियंकाप्रति आफ्नो प्रेम खुलेरै प्रकट गर्न थालेका प्रष्ट देखिन थालेको छ ।

यि जोडीको बारम्बारको जोडी फोटो देखेर नि अनुमान लगाउन सकिन्छ कि यि दुईमा मित्रता मात्र हैन प्रेम नै छ । अझ पछिल्लो समय उनीहरु एउटै ब्ल्याङ्केटमा घुसि्रएको तस्वीर सार्वजनिक भएको थियो । यस्ता कृयाकलापअले लाग्दइन कि प्रियंका र जोन्स साथी मात्र हुन् ।

प्रतिक्रिया दिनुहोस्