रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ? मेनुका थापाको भनाइको सार निम्नानुसार छ ।
‘२०६८ साल चैत १२ गते महिला आयोगबाट मलाई फोन आयो । एसएलसी दिन गएकी छात्रा बलात्कृत भइन् । उद्धार गरिदिनु पर्यो भन्नु भयो । बलात्कारपछि मानसिक सन्तुलन गुमाएर पाटन अस्पतालमा राखेको भन्ने मैले थाहा पाएँ । त्यो बच्चालाई रक्षा नेपालले उद्धार गर्नु पर्यो भन्नुभयो । म त्यो बच्चालाई हेर्न अस्पताल पुगे । पुजालाई राखिएको कोठाअगाडि एक जना बरखी बार्नुभएको एक बुबा हुनुहुन्थ्यो । म पुगेपछि उहाँले तपाई मेनुका थापा हो ? भनेर सोध्नु भयो । मैले हो भनेँ ।
ती बुबाले मसँग हात जोडेर मेरो छोरीलाई तपाईले मात्रै बचाउन सक्नु हुन्छ बचाइदिनुस भनेर आग्रह गर्नुभयो । उहाँले मलाई न्याय चाहिँदैन, छोरी बाँचे हुन्छ भन्दै थचक्कै भुईँमा बसेर रुनु भएको मलाई झल्झली याद छ । थप जानकारीको लागि भिडियो :-
प्रतिक्रिया