Logo

भाइरल गायक कर्णराज गिरिको नयाँ गीत ‘आज पनि तिम्रै यादमा’ सार्वजनिक

गायक कर्णराज गिरिको नयाँ गीत ‘आज पनि तिम्रै यादमा’ सार्वजनिक भएको छ । इन्द्र आरपीको शब्द र गायक कर्णराज गिरिको स्वरमा रहेको ‘आज पनि तिम्रै यादमा’ सार्वजनिक भएको हो ।

गीतमा इन्द्र आरपीकै संगित रहेको छ । गायक गिरिले आफ्नै आधिकारिक युट्युव च्यानल ‘सिंगर कर्णराज’ मार्फत नयाँ गीत सार्वजनिक गरेका हुन् । गीतमा सनम श्रेष्ठ र अनुजा साहीको अभिनय रहेका छ ।

आसु बस्यालले भिडियोको निर्देशन गरेका छन् । यसअघि गायक कर्णराज गिरिको ‘दुनियाँले थाहा पाइ भाइरल भयो रे’, ‘ह्याङ बनायौ’, ‘मरे आमा’,‘मन भित्रको माया’ लगायतका लोकप्रिय गीतहरु सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्