Logo

सुन काण्डबारे रमेश खरेल बोलेपछि खरेलविरुद्ध गृहमन्त्रीले लिए यस्तो एक्सन

करीब ३८ क्विन्टल सुन तस्करीको बारेमा रमेश खरेल लगायत प्रहरीका पुर्व अधिकारीले दिएको अभिव्यक्तिप्रति गृहमन्त्री रामबहादुर थपाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । गृहमन्त्रालयले आज विज्ञप्ती जारी गरी पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी र पूर्वडीआईजीद्वय रमेश खरेल र हेमन्त मल्ल ठकुरीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

उनीहरुले सरकारको अनुसन्धान निष्पक्ष नभएको दाबी गर्दै प्रहरी अधिकारीलाई फसाएको आरोप सरकारमाथी लगाएका थिए । अदालतमासमेत विचाराधिन मुद्दामा जिम्मेवारी व्यक्तिहरुले संवेदनशील नभएको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्तीमार्फत असन्तुष्टि जनाएका छन् । विज्ञप्तीमा उच्च प्रहरी अधिकारीको अभिव्यक्तिमा सत्यता नभएको बताइएको छ ।

नेपाल प्रहरीका पूर्वएआइजी भण्डारी, पूर्व डिआइजी मल्ल र खरेलले हिजो संयुक्त रुपमा पत्रकारहरुसँग भेट गरी सुन तस्करीको अनुसन्धान त्रुटिपूर्ण रहेको अभिव्यक्ति दिएका थिए । सुन तस्करी छानबिन प्रभावितमा प्रभाव पार्ने गरी लबिङ गर्ने प्रहरीका पूर्व अधिकारीको बारेमा गृह मन्त्रालयले मन्पिरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाइ समेत ध्यानाकर्षण गराएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीबाट जारी विज्ञप्तिमा सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गठित समिति र उसले सञ्चालन गरेका कामकारवाही लक्षित गर्दै विभिन्न व्यक्ति र संस्थामार्फत चलखेल भइरहेको भन्दै आपत्ति जनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्