Logo

हेटौंडा पुगेर विप्लवलाई प्रधानमन्त्री ओलीले दिए यस्तो चेतावनी

प्रधानमन्त्री केपी ओलीले विप्लव नेतृत्वको नेकपाप्रति लक्षित गर्दै अब सरकार सहेर नबस्ने चेतावनी दिएका छन् । मुलुकमा हिंसा र पृथकतावादी गतिविधि हुन नदिन सरकार प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।

मुलुकले शान्ति समृद्धि खाजेकाले त्यस्ता गतिविधि गर्नेलाई कुनै पनि हालतमा नछाड्ने चेतावनी दिँदै उनले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको बताएका छन् । आज प्रदेश ३ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै ओलीले मुलुक समृद्धिको बाटो लम्किएको बाएका थिए ।

भ्रष्टचार गर्नेको अनुहार समेत नहेर्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने चेतावनी दिए । देशको तीव्र विकास गर्न सुशासन पहिलो सर्त भएको बताउँदै प्रधानमन्त्री ओलीले सुशासनको पहिलो सर्त भ्रष्टचार निर्मुल गर्नु रहेको प्रष्ट पारे ।

सराकार गरिवी, भ्रष्टचार, निरक्षरता र पछौटेपनकाविरुद्ध आक्रमक शैलीमा अघि बढ्ने भन्दै प्रधानमन्त्रीले यहि शैलीमा अघि बढ्न प्रदेश सरकारलाई निर्देशन दिए । ‘यदि प्रदेश सरकारले गर्न नसके केन्द्र सरकारलाई देखाएदिनु हामी गर्छौ ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्