Logo

बलात्कारमा परेकी छोरीलाई ८ बर्षसम्म पालेँ, गल्ती छ भने मलाई फाँसी दिनु : मेनुका थापा

नेपालमा संचालन भइरहेका विभिन्न सामाजिक संघसंस्थाहरु माथी पारदर्शिता तथा विभिन्न मापदण्ड सम्बन्धि प्रश्नहरु उठ्ने गर्छन्। पछिल्लो समय रक्षा नेपाल नामक संस्था यस्तै विवादमा मुछिएको छ। रक्षा नेपाल, यौन शोषणमा परेका महिलाहरुको लागि काम गर्ने संस्था हो। यसको संस्थापक तथा अध्यक्ष मेनुका थापा हुन्।

केही दिन अगाडी पूजा बोहोरा नामक युवतीले पत्रकार सम्मेलन गरेर रक्षा नेपाल तथा मेनुका थापा माथी कानुनी कारबाहीको माग गरेकी थिइन्। २०६८ सालमा सामूहिक बलात्कारमा परेर , त्यसयता रक्षा नेपालमै रहेकी उनले आफूलाई संस्था तथा संचालिका मेनुका थापाले शोषण गरेको बताएकी थिइन्।

पूजा बोहराले लगाएको उक्त आरोपको खण्डन गर्दै मेनुका थापाले अन्तर्वार्तामा भनेकी छिन्, गल्ती छ भने मलाई फाँसी दिनुु। मेनुका थापाका अनुसार, पूजा बोहोरा मानसिक रुपमा विक्षिप्त भएको समयमा उनलाई रक्षा नेपाल लगिएको थियो र छ महिनासम्मको लगातार काउन्सिलिङ्ग, माया र हेरचाहबाट उनी मानसिक रुपमा स्वस्थ भएकी थिइन्।

त्यसपछि उनले संस्थाले दिएको प्रेरणाले नै एस.एल. सी दिइन् र राम्रो अंक ल्याएर पास भइन्। त्यसपछि रक्षा नेपालले नै शैक्षिक खर्च व्यहोरेर उनले १२ कक्षा पास गरिन् र कानुन पढ्नको लागि स्नातक तहमा भर्ना भइन्।

मेनुका थापाका अनुसार, पूजालाई कसैले प्रयोग गरेको छ र उनलाई संस्थाको विरुद्धमा बोल्न लगाइएको छ। उनी प्रश्न गर्छिन् , यदि उनलाई कसैले प्रयोग गरेको होइन भने, पत्रकार सम्मेलन गर्नको लागि पैसा कहाँबाट आयो ?

प्रतिक्रिया दिनुहोस्