Logo

श्रीमतीसँग अलग्गिएपछि यी नायिकालाई डेट गरिरहेछन् अर्जुन रामपाल ?

केही दिनअघि मात्र श्रीमतीसँग २० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका बलिउड नायक अर्जुन रामपालले जीवनको नयाँ अध्याय सुरु गरेको अनुमान गरिएको छ । केही रिपोर्टलाई मान्ने हो भने अर्जुन सर्बियन मोडल, डान्सर र नायिका नताशा स्ट्यान्कोभिकलाई डेट गरिरहेका छन् र उनीसँग अत्यधिक समय बिताइरहेका छन् ।

नताशाले अर्जुनको फिल्म ‘ड्याडी’ मा एक आइटम गीतमा डान्स गरेकी थिइन् । सूत्रका अनुसार अर्जुन र नताशा उक्त फिल्मबाटै एक अर्कासँग परिचित भएका र त्यतिबेला देखि नै लगातार सम्पर्कमा छन् । स्मरण रहोस्, विगत तीन महिनादेखि अर्जुन आफ्नी श्रीमतीसँग अलग बसिरहेका छन् । यसअघि, अर्जुन र मेहरबीचको मनमुटावको मुख्य कारण ऋतिक रोशनकी पूर्व श्रीमती सुजेन खान बताइएको थियो ।

को हुन् नताशाः

नताशा एक व्यवसायिक डान्सर हुन् जो ‘डिजे वाले बाबू’ मा डान्स गरेर चर्चित भएकी थिइन् । यसका साथै उनले फिल्म ‘फुकरे रिटर्न्स’ को गीत ‘मेहबूबा’ मा पनि डान्स गरेकी थिइन् । उनी रियालिटी टिभी शो ‘बिग बस’ को आठौं सिजनमा पनि भाग लिइसकेकी छिन् । साथै, नताशाले होलिडे, डिस्क्याउँ र एक्शन ज्याक्सनजस्तो फिल्ममा पनि क्यामियो रोल गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्