Logo

गुन्डागर्दी सैलिमा ४५ लाखको चेकमा जबरजस्ति हस्ताक्षेर गराएपछि काठमाडौंका एसएसपी विवादमा ! यस्तो छ पूरा घटना …

काठमाडौं प्रहरीले आफूलाई जबरजस्ती रुपमा कागज गराएको र चेक कटाएको भन्दै व्यावसायी अनिल गजमेरले गृहमन्त्रालयमा उजुरी दिएका छन् । आइतबार गृहमन्त्री राम बहादुर थापालाई भेटेरै गजमेरले आफूलाई काठमाडौं प्रहरीले जबरजस्ती कागज गराएको बताएका थिए ।

गत जेठ ६ गते लेनदेनसम्बन्धी विवादमा काठमाडौं प्रहरीका प्रमुख विश्व पोखरेलको निर्देशनमा गजमेरलाई पक्राउ गरिएको थियो । मेनपावर व्यावसायी राधिका कटवालको दबावमा प्रहरीले गजमेरलाई पक्राउ गरी जबरजस्ति ४५ लाखको चेकमा हस्ताक्षेर गराएका थिए भने २०७४ सालको कागजातमा हस्ताक्षेर गर्न लगाएको थियो ।

उच्च अदालत पाटनले तीन पटकसम्म राधिका र गजमेरबीचको लेनदेनलाई ‘देवानी मुद्दा भन्दै’ प्रहरीलाई धरपकड नगर्न, पक्राउ नगर्न भन्दै निषेधाज्ञा समेत जारी गरेको थियो । गजमेरका अनुसार उक्त लेनदेन सन् २०१२ मै फट्टा भइसकेको भएता पनि कटवालले पटक पटक उजुरी दिँदै आएकी छिन् ।

गृहमन्त्रालयले काठमाडौं प्रहरीका प्रमुख विश्व पोखरेललाई बोलाएर सोधपुछ समेत गरेको छ । ‘उहाँलाई बोलाएर सोधपुछ भएको हो,’ गृहमन्त्रीका निजी सचिव डा. डिजन भट्टराईको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘यो विषयमा अलि लामो अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्