Logo

आरजुको घरमा लुकेर बसेका यी व्यक्ति को हुन् ?

काठमाडौं – मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा खोलिएका बायोमेट्रिक संस्था सञ्चालक हुन् कैलाश खड्का । नेपाली कांग्रेसनिकट खड्काको यतिबेला भागाभाग भएको छ । करिब ५ अर्ब ठगी गरेको मुद्दा उनीलगायतलाई लागेको छ । मलेसिया जाने कामदार ठगीमा संलग्न ४८ जनालाई नेपाल प्रहरीले अघिल्लो साता एकैपटक गिरफ्तार गरेको थियो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । त्यसको नेतृत्व खड्काले गरेका हुन् । डिआइजी धिरु बस्नेतको नेतृत्वमा ‘ओभरसिज फ्रड अपरेसन’ नै गठन गरी गरिएको छानबिन प्रभावकारी बनेको थियो ।

प्रहरी परिसरले मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गर्ने बाँकी २३ मेडिकल संस्थाको मुद्दासमेत आइतबार सरकारी वकिलको कार्यालयलाई जिम्मा लगाइसकेको छ । ती कुनै पनि मुद्दामा पूर्ण अनुसन्धान हुन नपाए पनि मालिकको भागाभाग भएको छ ।भिएलएनले २ अर्ब ८० करोड रुपैयाँ ठगी गरेको छ । तर, भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठमाथि २ अर्ब रुपैयाँको मात्रै बिगो दाबी गर्ने प्रहरीको तयारी छ  । प्रहरीले ठगी मुद्दामा पक्राउ परेका २४ मेडिकलका ३४ जना अभियुक्तमाथि कुल २२ करोड ५२ लाख ४९ हजार ४ सय रुपैयाँको बिगो दाबी गर्दै अदालत बुझाइसकेको छ  ।सिन्डिकेट खडा गरेका ३९ मेडिकल व्यवसायीले माइग्राम्स र बायोमेट्रिक्सका नाममा कामदारबाट १ अर्ब ९७ करोड रुपैयाँ ठगेका मेडिकल माथिको बिगो भने ५० करोड रुपैयाँभन्दा कम हुने देखिन्छ ।

गोविन्द थपलिया, गोपाल गुरुङ, मुकुन्दप्रसाद पन्त र नवीन कँडेल, महेशराज श्रेष्ठ, सुशीला खड्का, दीपककुमार कार्की, प्रवीण तिवारी, जीवन केसी, कैलाश खड्का र प्रवीण तिवारी, सुजाता भण्डारी, गोपाल दाहाल र उद्धव थापा, कैलाश खड्का, दीपेन्द्रप्रसाद गुप्ता र वसुवास गिरी, गायत्री जिसीलगायत फरार रहेका छन् ।यसैबीच मलेसीया जाने नेपाली कामदारको रगतपसिना चुस्न पल्केका खड्काका मात्रै तीनवटा मेडिकल कलेजबाट अर्बौ रूपैंया ठगी भएको खुलेको छ ।तत्कालीन व्यवस्थापिका संसदका लेखा समितिका संयोजक प्रभु शाहलाई अस्ट्रेलिया भ्रमण गराएर शक्ति केन्द्रमा सम्बन्ध राख्ने खड्काले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आरजु राणालाई महँगा घडी उपहार दिएका थिए । सोही उपहार दिएको नजरानाका आधारमा अहिले उनी बुढानिलकण्ड निवासको अतिथि गृहमा लुकेर बसेको स्रोतको दाबी छ ।

खड्का नेपाल स्वास्थ्य व्यावसायी महासंघका अध्यक्ष पनि हुन् । प्रवीण तिवारीको कार्यकालपछि खड्काले नेतृत्व लिएका थिए । सो संघमा रहेको करोडौं रकम खड्काले अपचलन गरेको पनि अभियोग लागेको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विस्टले वैदेशिक रोजगार क्षेत्रमा रहेको सिन्डिकेट तोड्नका लागि गरेको अभियानले खड्कालगायतको भागाभाग भएको हो । सामान्य रकममा हुने स्वास्थ्य परिक्षणका नाममा हज्जारौं लिएर रोजगारीमा जाने कामदार ठगी गर्न खड्कालगायत सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्