Logo

सुन तस्कर जेल हाल्दा पूर्वडीआईजी रमेश खरेलको टाउँको किन दुख्यो ? (हेर्नुहोस् भिडियो)

३३ किलो सुन तस्करीमा संलग्न नेपाल प्रहरीकै बाहालवाला उच्च अधिकारी पक्राउ गरेर जेल हालिएकोप्रति नेपाल प्रहरीकै पूर्व डीआईजी रमेश खरेललगायतले आपत्ति जनाएका छन् । खरेलसँगै पूर्वडीआईजी हेमन्त मल्ल र राजेन्द्रसिंह भण्डारीले गृहमन्त्रालयको समितिको आलोचना गर्दै सुन तस्करीमा संलग्न प्रहरी अधिकारीको बचाउँ गरेका हुन् ।

यो प्रकरणले पूर्वडीआईजी खरेल, मल्ल र भण्डारीसमेत सुन प्रकरणमा संलग्न रहेको हुनसक्ने आशंका बढाएको छ । छानबिन समितिले बयानका लागि पक्राउ गरेको र अदालतले दोषी ठहर गरेर जेल चलान गरेका व्यक्तिको बचाउँमा पत्रकार सम्मेलन गरेरै गृह मन्त्रालयको छानबिन समितिमाथि प्रश्न उठाएपछि चर्चित पूर्वडीआईजीमाथि आशंका सुरु भएको हो । अब प्रश्न उठ्न थालेको छ । के रमेश खरेल पनि सुन तस्करीमा संलग्न थिए ? होइन भने किन दोषी ठहर भएर जेल सजाय पाएका प्रहरीको बचाउँमा वकालत गर्दै छन् ? यही प्रश्न पूर्वंडीआईजी मल्ल र भण्डारीमाथि समेत सामाजिक सञ्जाल प्रयोगकर्ताले तेस्याउन थालेका छन् ।

गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै नेपाल प्रहरीका तीन पूर्वडीआईजीले सनम शाक्य हत्या र ३३ किलो सुन तस्करी प्रकरणमा निर्दोष प्रहरीलाई फसाईएको भन्दै पत्रकार सम्मेलन गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । खरेल, मल्ल र भण्डारीले जेल परिसकेका प्रहरी अधिकारीको बचाउँमा पत्रकार सम्मेलन गरे लगत्तै गृहमन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीले विज्ञप्ति निकालेर आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा कुनै पूर्वप्रहरी अधिकारीको नाम उल्लेख नभए पनी यस्तो कार्यले अनुसन्धान प्रभावित हुने भएकाले यो काम नगर्न चेतावनी दिइएको छ । विज्ञप्तिमा गृहले अनुसन्धानमा कसैप्रति पूर्वाग्रह नभएको दाबी गर्दै पूर्व प्रहरी अधिकारीलाई यस्तो गम्भीर विषयमा भ्रामक हल्ला नफैलाउन आग्रह समेत गरेको छ ।

पूर्वचर्चित मध्येका डीआईजीहरुको यो पत्रकार सम्मेलनले सुन तस्करको जालो यिनै पूर्वडीआईजीसम्म रहेको सुनसक्ने आशंका गरिएको छ । सामान्य दैनिकीमा चल्नुपर्ने पूर्वडीआईजीहरुको दैनिकीले त्यो संकेत गर्ने आरोप लाग्दै आएको छ । यो पत्रकार सम्मेलनले त्यो आरोपलाई थप बजबुत बनाएको बुझाइ आम सर्वसाधारणको छ । उनीहरुले प्रहरी संगठनका राम्रा अधिकृतलाई पक्राउ गरेर दोषी ठहर गर्दै जेल हाल्दा प्रहरी संगठन नै बदनाम हुनेतर्फ सोच्न गृहमन्त्रालयलाई सुझाव समेत दिएका छन ।

सँगै गृहमन्त्रालयको छानबिन समितिमाथि प्रश्न गर्दै पूर्वडीआईजी खरेलले छानबिनका लागि योग्यतै नभएका व्यक्तिलाई छानबिन आयोगको प्रमुख बनाएको समेत आरोप लगाएका छन् । खरेलको यो भनाइले गृहमन्त्रालयमाथि नै चुनौती थपिएको छ । यो विषयमा गृहमन्त्रीले कुनै अभिव्यक्ति नदिए पनि गृहमन्त्रालयले भने विज्ञप्ति मार्फत् कडा प्रतिक्रिया जनाइसकेको छ । छानबिन समिति स्रोतले भने कसैले घटना ढाकछोप गर्न पत्रकार सम्मेलन गर्दैमा अनुसन्धान रोकिँदैन ।

प्रतिक्रिया दिनुहोस्