Logo

नेपाल आइडलकी केन्जल मेहर श्रेष्ठले प्रेमीका विषयमा कुरा गर्दा दिइन यस्तो जवाफ

मिठो स्वर अनि सुन्दर रुपकी धनी केन्जल मेहर श्रेष्ठ (केन्नी ) पहिलो नेपाल आइडलपछि धेरै माझ परिचित हुन् पुगिन । सांगीतिक क्षेत्रमा ठुलो सपना बोकेर आएकी केन्जल ललितपुरको बालकुमारीमा बस्छिन । स्नातक अध्यान गर्दै गरेकी केन्जलले शब्द नामक गीत र सो गीत म्युजिक भिडियो पनि सार्वजनिक गरिसकेको छिन ।

दर्शक अनि शुभचिन्तकहरुको माया अनि संगीतप्रति आफ्नो लगाव र मेहनतका कारण यो स्थानसम्म आईपुगेको उनी सुनाउछिन । प्रस्तुत छ, पहिलो नेपाल आइडलको समयमा निक्कै चर्चा अनि सबैको आँखामा बस्न सफल केन्जलसँग हाम्रा सहकर्मी हेम गिरीले कुराकानी गरि तयार पारिएको एक वार्तालाभ :-

१. हिजो आज के मा व्यस्त हुनुहुन्छ ?

आफ्नो पढाईसँगै नयाँ प्रोजेक्टमा व्यस्ता छु ।

२. सँगितिक क्षेत्रलाई कसरी अघि बढाउदै हुनुहुन्छ ?

सांगीतिक क्षेत्रलाई निरन्तरता दिईरहने छु । मेरो प्राथमिकता भनेको संगीतलाई नै हो । नयाँ प्रोजेक्ट अनि साथीहरुबाट सङ्गीत बारे धेरै कुरा सिक्ने मौका मिल्दैछ ।

३.भरखरै बजारमा एउटा गीत अनि म्युजिक भिडियो सार्वजनिक गर्नु भयो । कस्तो महसुस भइरहेको छ ?

शब्द नामक गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको थियो । त्यो भिडियोको छायांकन कालिन्चोकमा भएको थियो । दर्शक अनि साथी भाईहरुबाट राम्रो प्रतिक्रिया आइरहेको छ । उहाँहरुको प्रतिक्रिया देख्न पाउँदा एकदम खुसी लागिरहेको छ ।

४.नेपाल आइडलबाट सबै माँझ प्रिय हुनु भयो । अहिले कस्तो महसुस भइरहेको छ ?

खुसी लाग्छ नि सबै माझ प्रिय हुन पाउँदा । सबै दर्शक, शुभचिन्तकहरुले धेरै माया दिनु भएको छ । यो माया पछिसम्म दिनु हुन्छ भन्ने आशा गर्दछु ।

५. यत्तिको धेरै चर्चाको शिखरमा पुग्छु जस्तो लागेको थियो ?

थिएन । सबैको अगाडी गीत प्रस्तुत गर्ने चाहिं मेरो सानैदेखिको सपना थियो तर त्यो सपना पुरा हुन्छ भनेर मैले कहिल्यै सोचेकै थिइन ।

६.नेपाल आइडल पछि विदेशको विभिन्न कार्यक्रममा सहभागि हुँदाको अनुभव सुनाउनु न ?

त्यस बेलाको हरेक समय धेरै राम्रो भएको थियो । विदेशमा रहनु हुने नेपाली दाजु भाई अनि दिदी बहिनीहरुले नेपाल देशप्रति र नेपाली कलाकारहरुलाईप्रति देखाउनु भएको माया देखेर धेरै खुसी लाग्यो ।

७.अहिले नयाँ गायन शो ‘द भ्वाइस अफ नेपाल’ मा तपाईको भूमिका के छ ?

द भ्वाइस अफ नेपालमा एउटा ‘ब्रान्ड एम्बस्सेदर’ को रुपमा मेरो भूमिका रहेको छ ।

८.सँगितिक क्षेत्रको लागि भविष्यको कुनै योजना ?

अझै राम्रो गर्दै जानेछु । दर्शक अनि शुभचिन्तकहरुको माया गरिरहनु हुन्छ भन्ने आशा गर्दै धेरै मेहनत गरेर सांगीतिक क्षेत्रमा आफ्नो नाम टिकाईराख्ने छु ।

९. प्रेम’लाई कसरी परिभाषा गर्नु हुन्छ ?

प्रेमको कुनै सानो शब्द परिभाषा गर्ने सकिन्न । प्रेम आफैमा राम्रो छ । कसैको माया पाउनु र कसैलाई माया गर्नु एक उत्कृत कार्य हो ।

१०.ब्वाइफ्रेण्ड छन् रे होइन ?

हाँस्दै…. कुनै कुनै कुराहरु चाहिं गोप्या राखौ होला ।

११.नेपालमा आयोजना हुने गायन प्रतियोगितामा सहभागी हुन चाहानेहरूलाई के भन्ने चाहानु हुन्छ ?

गायन प्रतियोगिता या अरु कुनै प्रतियोगिता सबैको लागि एक राम्रो अवसर हो । आफुसँग भएको प्रतिभा सबै माझ प्रस्तुत गर्ने एक मध्याम हो । सबैको माया पाइन्छ अनि आफ्नो प्रतिभा अरुले चिन्ने अनि बुझ्ने मौका पाउनु हुन्छ । इच्छा हुनेहरुलाई त्यस्तो कुनै पनि प्रतियोगितामा सहभागी हुनु राम्रो कुरा हो ।

१२.तपाई आफ्नो गायन कलासँगै सुन्दर भएर तपाईको फ्यान धेरै भएका हुन भन्ने कुरामा सहमत हुनु हुन्छ ?

सहमत छैन । आफुले आफ्नो प्रस्तुती राम्रो तरिकाले प्रस्तुत गर्नु पर्छ त्यसै कारण फ्यानहरु धेरै हुन्छन जस्तो चाहिं लाग्छ ।

१३.नेपाल आइडलको दौडमा घर परिवार, शुभचिन्तक अनि साथी- भाईहरूबाट प्राप्त गर्नु भएको माया, हौसल, सहयोग र सल्लाहबाट आफूमा के रहेछ भन्ने बुझ्नु भयो ?

सबैले मलाई धेरै माया अनि हौसल दिनु भयो । मसँग भएको प्रतिभालाई सबैले माया गर्नु भयो तयसैले मसँग पनि अरुले माया गर्नु हुने प्रतिभा रहेछ भन्ने लाग्यो ।

१४.चलचित्र क्षेत्रमा आउने सोच छ ?

त्यो चाहिं छैन ।

१५.चलचित्र या म्युजिक भिडियोमा कसैले अफर गरे, के गरिनु हुन्छ ?

अहिले नै त्यता तिर जाने सोचेको छैन । पछि के हुन्छन हेरौला ।

१६.अन्त्यमा …?

मप्रति देखाउनु भएको मायाको लागि सबैलाई धेरै धन्यन्बाद दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्