Logo

पासपोर्ट बनाउन राजधानी आएका अशोकले भने, “म भन्दा पनि दामी घर बनाउँदैछु” (भिडियो)

गत महिना एकाएक चर्चामा आएका झापाका बाल गायक अशोक दर्जी यतिबेला काठमाण्डौमा छन् । उनि विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनको लागि पासपोर्ट बनाउन राजधानी आएका हुन् ।

गायक तथा संगीतकार टंक बुढाथोकीसँग अशोकले गाएको गीत ‘मन बिनाको धन’ निकै दिन यूट्युबको नेपाल ट्रेन्डिंगको पहिलो नम्बरमा परेको थियो । यो समाचार तयार पार्दा सम्म उक्त गीतलाई पचासी लाख भन्दा बढि पटक हेरिसकिएको छ । नेपालको सन्दर्भमा कुनै गीत यति धेरै हेरिनु अत्याधिक सफल हुनु हो ।

हामीले अशोक काठमाण्डौ आएको बेला उनिसँग भिडियो कुराकानी गरेका छौँ । यतिबेला झापामा उनको लागि घर बनिरहेको छ । यो सन्दर्भमा अशोकले ठट्यौली शैलीमा आफुभन्दा पनि राम्रो घर बनेको बताएका छन् । हामीले भिडियो कुराकानीमा अशोकलाई यहाँसम्म ल्याउन प्रमूख भूमिका निभाएका गायक टंक र अशोकलाई निम्त्याएका छौँ ।

प्रतिक्रिया दिनुहोस्