Logo

शिल्पा संगै बादरको पनि एक्सन अवतार : वीराङ्गना पोष्टर

यही असार २९ मा देशभर रिलिज हुने फिल्म वीराङ्गनाको पोष्टर सार्वजनिक गरिएको छ । लभस्टोरी एकशन वीराङ्गनाको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ । पोष्टरमा शिल्पा पोखरेललाई घोडा र बाँदरसँगै एक्शन लुक्समा पनि प्रस्तुत गरिएको छ ।

एक्शन जनराको नारी प्रधान फिल्मलाई राज बहादुर सानेले निर्देशन गरेका हुन् । फिल्ममा शिल्पा, अनुप र पृथ्वी सँगै धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ ।

फिल्म वितरणको जिम्मा काठमाडौंमा बि के फिल्मस्का गोपाल कायस्थ र काठमाडौं बाहिर एफडि कमपनीले लिएका छन् । हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् । वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्