Logo

बलिउडका यी चर्चित हिरोइन जस्ले एक अर्काको नाम पनि सुन्न चाहदैनन् !

बलिउडका कतिपय अभिनेत्री एकअर्कालाई देखी सहँदैनन्। ‘टप अभिनेत्री’ बन्ने होडबाजीमा उनीहरूबीच ‘क्याट फाइट’ चलिरहन्छ। फिल्मका अफरदेखि ब्याइफ्रेन्डका कारण एकअर्कालाई मन नपराउने थुप्रै छन् बलिउडमा।

रानी-ऐश्वर्या : 

 अभिनेत्री रानी मुखर्जी र ऐश्वर्या रोयबीचको वैमनस्य पनि सबैलाई थाहा छ। यी दुईले नाक मात्र खुम्च्याउँदैनन्, एकअर्कालाई हेर्नै मन पराउँदैनन्। फिल्म ‘बन्टी और बबली’ को सुटिङताका रानी र अभिषेक बच्चनमा बढेको मित्रता यी दुई अभिनेत्री बीचको झगडाको कारण बन्यो। त्यसताका अभिषेक र रानीको अफेयरका समाचार मिडियामा आए। अभिषेककी आमा जया बच्चनले रानीलाई बुहारी बनाउन खोजेको समेत हल्ला बलिउडमा थियो। तर, अमिताभ बच्चनको करबलले पछि अभिषेक र ऐश्वर्याले लगनगाँठो कसे। रानीले निर्माता÷निर्देशक आदित्य चोपडासँग बिहे गरिन्।

दीपिका – कट्रिना :

 बलिउडकर्मीका अनुसार कट्रिनाकै कारण दीपिका र रणवीरको ब्रेकअप भएको थियो। छ वर्षका प्रेम सम्बन्धपछि अहिले कट्रिना र रणवीर पनि छुट्टिइसकेका छन्।

कंगना-प्रियंका :

बलिउडकी ‘क्विन’ अभिनेत्री कंगना रनौट सधैँ कुनै न कुनै विवादमा फसिरहन्छिन्। बलिउडमा उनका धेरै कम साथी छन्। प्वाक्क बोल्ने बानीले गर्दा उनी चर्चामा रहिरहन्छिन्। बेला–बेलामा कंगनाका कटु वचनको तारो बन्छिन्, अभिनेत्री प्रियंका चोपडा। दुवैबीचको ‘क्याट फाइट’ जगजाहेर छ। फिल्म ‘फेसन’ को सुटिङका क्रममा दुवैबीच विवाद उत्पन्न भएको थियो। फिल्म हिट भयो। जसको श्रेय कंगलाले आफूलाई दिएकी थिइन् भने आफ्ना कारणले फिल्म हिट भएको प्रियंकाले बताएकी थिइन्। जसले यी दुई अभिनेत्रीबीच दूरी झन् बढाएको थियो।

प्रियंका-करिना :

अभिनेत्री करिना कपुर र प्रियंका चोपडाबीच पनि लामो समयदेखि मनमुटाव छ। फिल्म ‘ऐतराज’ का कारण यी दुईबीच वैरभाव बढेको बताइन्छ। फिल्ममा प्रियंकाको फिल्म समीक्षकदेखि दर्शक तथा फिल्मकर्मी सबैले खूब प्रशंसा गरे। यसो हुँदा करिनाले आफू ओझेलमा परेको महसुस गरिन्। त्यहाँदेखि यी दुई अभिनेत्रीबीच एकअर्कालाई तारो बनाउने खेल सुरु भएको हो।

सोनाक्षी-जरिन :

बलिउडकी ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा र अभिनेत्री जरिन खान पनि एकअर्कासँग तर्केर हिँड्छन्। अभिनेता सलमान खानको फिल्म ‘रेडी’ बाट उनीहरूबीच मनोमालिन्य सुरु भएको हो। फिल्मको एउटा गीत विमोचन कार्यक्रममा जरिनको छेउबाट गुज्रिँदा सोनाक्षीले उनलाई हल्का धक्का दिएकी थिइन्। त्यहीँबाट दुईबीच ‘क्याट फाइट’ हुन थाल्यो। सोनाक्षीले सलमानसँग फिल्म ‘दबंग’ मा काम गरेकी छिन् भने जरिनले फिल्म ‘वीर’ मा।

प्रतिक्रिया दिनुहोस्