Logo

मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ भने यी हुन् नेपालमा पाइने १ लाख देखि २७ लाख सम्मका मोटरसाइकलहरु ! फोटो र मूल्य सहित

नेपालमा करिब दुई दशकयता मोटरसाइकल तथा स्कुटर चढ्नेहरुको संख्या बढ्दो छ।   काठमाडौँ लगायत नेपालका विभिन्न ठूला तथा व्यस्त शहरहरुमा मोटरसाइकल दैनिक आवश्यकताको साधन बनिसकेको कारण मोटरसाइकल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रुपमा रहेको छ।

कामगर्ने कर्मचारीहरुदेखि लिएर व्यापार व्यवसाय गर्नेहरुका लागि मोटरसाइकल नभइ नहुने भइसकेको छ। झन् काठमाडौँ जस्तो स्थानमा त आफ्नो साधन नभए मानिसहरुले आवतजावतका लागि निकै समस्या भोग्नुपरेको छ।

त्यसैले मोटरसाइकल किन्ने सोचमा भएकाहरुको जानकारी र सुविधाका लागि नेपालमा पाइने बिभिन्न ब्राण्डका र मूल्यका मोटरसाइकलहरुको बारेमा यहाँ विस्तृतरुपमा उल्लेख गरिएको छ।

नेपालमा धेरै समय अघिदेखि नै हिरो, होण्डा, बजाज, सुजुकि, यामाहाका मोटरसाइकलहरु लोकप्रिय छन्। सुरुसुरुमा भारतमा उत्पादन भएका मोटरसाइकलहरु नेपाली बजारमा आउने भएपनि अहिले कोरियन, अमेरिकन, चाइनिज मोटरसाइकलहरु पनि विस्तारै नेपालमा आफ्नो छाप बनाउन सफल भएका छन्।

होण्डाः नेपालमा होण्डाको मोटरसाइकलहरुको एक मात्र आधिकारिक विक्रेता स्याकार ट्रेडिङ प्रा.लि हो। होण्डाका मोटरसाइकलहरु र स्कुटरहरु दुवै नेपाली बजारमा लोकप्रिय छन्। होण्डाले नेपालको मोटरसाइकलको बजारमा नम्बर एक स्थान लिन सफल भएको छ।

नेपालमा पाइने होण्डाका सबैभन्दा सस्तो मोटरसाइकल भनेको ११० सिसिको ड्रिम युगा हो जसको मूल्य १ लाख ६५ हजार रुपैयाँ र महंगोे होण्डा सिबि ११०० हो जसको मूल्य २७ लाख रुपैयाँ रहेको छ।

२ लाख रुपैयाँको हाराहारीमा आउने भनेको डियो, एभिएटर र एक्टिभा स्कुटरहरु र साइन, ट्विस्टर, स्टनर, यूनिकर्न र सिबि ट्रिगर मोटरसाइकलहरु हुन्।

५ लाखदेखि ६ लाख रुपैयाँको वीचमा आउने भनेको सिबिआर सिरिजका २५० सिसिका मोटरसाइकलहरु हुन् भने सिआरएफ २५० एलको मूल्य ८ लाख ९० हजार रुपैयाँ पर्छ।

त्यस्तै एक्सआरको मूल्य भने ३ लाख ९० हजारदेखि ४ लाख ७० हजार रुपैयाँसम्म रहेको छ भने सिबिआर ६०० आरआरको मूल्य २२ लाख ५० हजार रहेको छ।

 

बजाजः बजाजले पनि नेपाली बजारमा आफ्नो छाप बनाएको धेरै भइसकेको छ। नेपालमा बजाजका मोटरसाइकलहरुको विक्री वितराण हंसराज हुलासचन्द एण्ड को.प्रा.लि‍.ले गर्दै आएको छ।

बजाजका पल्सर र डिस्कभर सिरिजका मोटरसाइकलहरु लोकप्रिय छन्। बजाजको सबैभन्दा सस्तो मोटरसाइकल १०० सिसिको प्लाटिना हो जसको मूल्य १ लाख ४३ हजार र महंगो हालै आएको पल्सर २०० आरएस हो जसको मूल्य ४ लाख रुपैयाँ रहेको छ।

पल्सरका बाँकी सिरिजहरु र बजाज एभेन्जरको मूल्य २ लाख २६ हजारदेखि २ लाख ८४ हजार रुपैयाँसम्म पर्छ।

डिस्कभर सिरिजका मोटरसाइकलहरुको भने २ लाखभन्दा कम मूल्यमा पाइन्छन्।  हंसराज हुलासचन्दले नेपालमा केटिएम र कावासाकीका मोटरसाइकलहरु पनि विक्री वितरण गर्ने गरेको छ।  केटिएमः ड्यूक र आरसीको ४ लाखदेखि र ६ लाख रुपैयाँसम्म पर्छ।

 

कावासाकीः निन्जा ३०० सिसिको १० लाख र ६५० सिसिको १३ लाख ५० हजार रुपैयाँ रहेको छ।

 

हिरोः नेपालमा हिरोको बजार पनि एकदमै राम्रो रहेको छ। यसको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रा।लि हो। हिरोको प्लेजर स्कुटर नेपालमा लोकप्रिय छ र हाल यसको मूल्य १ लाख ५७ हजार रुपैयाँ छ।

२ लाख रुपैयाँभन्दा कम मूल्यमा हिरोका १०० सिसिका एचएफ डिएलएक्स, स्प्लेण्डर सिरिज, प्यासन, ग्ल्यामर र एचिभर हुन्।

२ लाखभन्दा बढी मूल्यका मोटरसाइकलहरु हंक, एक्सट्रिम र करिज्मा सिरिजका मोटरसाइकलहरु हुन्।

 

यामाहाः नेपालमा यामाहाको मोटरसाइकलहरुको विक्री वितरण एम।ए। डब्लु इन्टरप्राइजेजले गर्दै आएको छ। पछिल्लो समयमा यामाहाको रे जेड स्कुटरले पनि राम्रो बजार लिएको छ।

यामाहाको २ लाख रुपैयाँभन्दा कम मूल्यका मोटरसाइकलहरु एफजेड सिरिज, एसजेड सिरिज, एसएस, वाइबिआर र अल्फा हुन्।

यामाहा वाइजेडएफ आर १५ को भने ३ लाख ४३ हजार रुपैयाँ पर्छ।

 

सुजुकिःनेपालमा भिजि अटोमोबायल्सले विक्री वितरण गरिरहेको सुजुकिका स्विस, एक्सेस, हायाते र लेट्स स्कुटरहरु र अरु मोटरसाइकलहरुको २ लाख रुपैयाँ भन्दा कम मूल्य पर्छ। हालै आएको जीक्सर सिरिजहरु भने २ लाखभन्दा बढी मूल्यका हुन्।

 

रोयल इनफिल्डः नेपालमा दुगड ब्रदर्सले विक्री वितरण गरिरहेको रोयल इनफिल्डका मोटरसाइकलको मूल्य ४ लाख ३२ हजारदेखि ७ लाख २१ हजार रुपैयाँसम्म रहेको छ।

 

महिन्द्राः  नेपाली बजारमा यसको मोटरसाइकलभन्दा पनि स्कुटर बढी लोकप्रिय रहेको छ। रोडियो, गस्टो, ड्यूरो, फ्लाइट जस्ता स्कुटर र प्यान्टेरो र सेन्चुरो मोटरसाइकलहरुको मूल्य २ लाख रुपैयाँभन्दा कम छ।

टिभिएसः  यसका पनि स्कुटरहरु वेगो, पेप, जुपिटर, स्ट्रेक र मोटरसाइकलहरु फ्लेम, स्टार सिटी, जाइभ र फोनिक्स २ लाख रुपैयाँभन्दा कम मूल्यका हुन् भने अपाचे मोटरसाइकलका सिरिजहरुको मूल्य भने २ लाख रुपैयाँ भन्दा बढी पर्छ।

यूएमः नेपालमा अमेरिकन ब्राण्ड यूएमका मोटरसाइकलहरुको मूल्य २ लाखदेखि ३ लाख २५ हजार रुपैयाँसम्म रहेको छ।

ह्योसङः नेपालमा पाइने यो दक्षिण कोरियन मोटरसाइकलको मूल्य करिब ४ लाख ६० हजारदेखि सुरु भएर १४ लाख रुपैयाँसम्म पर्छ।

 

यी बाहेक पनि नेपालमा थोरै संख्यामा चल्ने थुप्रै मोटरसाइकलहरु रहेका छन्। अन्ना लिफान, डेलिम, डेमाक, पियाजीयो, एसवाइएम, हार्टफोर्ड, बिएसई, डुकाटी आदि जस्ता मोटरसाइकलहरु नेपाली बजारमा देख्न सकिन्छ।

(नोट – हामीले लेखेको रेटमा बजार भाउ तल माथि पर्न सक्छ)

प्रतिक्रिया दिनुहोस्