Logo

भारतको सितामढीमा गएर काम गरेर फर्केका रिक्सा चालक गोपाल मृत भेटिए, हत्या भएको आशंका

वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका रिक्सा चालक गोपाल परियार मृत भेटिएका छन् ।उनी भारतको सितामढीमा गएर काम गरेर फर्केका परियार दुई वर्षदेखि रिक्सा भाडामा लिएर वीरगञ्जमा रिक्सा चलाउँदै आएका थिए ।

रानीघाटमा निर्माणाधिन घरमा राखिएको ठेलामा परियारको शब भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनको मृत्यु शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको उनले बताए । ‘मृतकको घाँटीमा निल डाम पनि देखिएको छ, दायाँ खुट्टामा सामान्य चोट लागेको छ । निधारमा आँखा भन्दा माथि सुन्निएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा शंकास्पद छ, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै केही भन्न सक्ने अवस्था छ ।’

उनको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्