Logo

आरोप लागेपछि पहिलोपटक मिडियामा मेनुका थापा : मेनुका भन्छिन् , ‘ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत’ बलात्कारमा परिन् तर अहिले यस्तो भयो (भिडियोसहित)

रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ? मेनुका थापाको भनाइको सार निम्नानुसार छ ।

‘२०६८ साल चैत १२ गते महिला आयोगबाट मलाई फोन आयो । एसएलसी दिन गएकी छात्रा बलात्कृत भइन् । उद्धार गरिदिनु पर्यो भन्नु भयो । बलात्कारपछि मानसिक सन्तुलन गुमाएर पाटन अस्पतालमा राखेको भन्ने मैले थाहा पाएँ । त्यो बच्चालाई रक्षा नेपालले उद्धार गर्नु पर्यो भन्नुभयो । म त्यो बच्चालाई हेर्न अस्पताल पुगे । पुजालाई राखिएको कोठाअगाडि एक जना बरखी बार्नुभएको एक बुबा हुनुहुन्थ्यो । म पुगेपछि उहाँले तपाई मेनुका थापा हो ? भनेर सोध्नु भयो । मैले हो भनेँ ।

ती बुबाले मसँग हात जोडेर मेरो छोरीलाई तपाईले मात्रै बचाउन सक्नु हुन्छ बचाइदिनुस भनेर आग्रह गर्नुभयो । उहाँले मलाई न्याय चाहिँदैन, छोरी बाँचे हुन्छ भन्दै थचक्कै भुईँमा बसेर रुनु भएको मलाई झल्झली याद छ । पुजालाई एमर्जेन्सी वार्डमा चार हातखुट्टा नै बाँधेरे सुताइएको थियो । मैले नर्सलाई सोधेको किन यसरी बाँधेको ? उनले भनिन्, ‘इन्जेक्सन दिएर दुई घन्टा सुताउँदा मात्रै उनी नियन्त्रणमा हुन्छिन् । नत्र अरुलाई कुट्ने पिट्ने गर्छिन् ।’

बाँकि तल भिडियोमा हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्