Logo

गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्ने प्रहरीको फन्दामा

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले केही दिन अघि गोली प्रहार गरी ९ लाख ५० हजार रुपैयाँ लुट्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

प्रहरीले आज लुटेकोमध्ये ५ लाख ४८ हजार ६ सय नगदसहित लुटपाटमा संग्लन पाँच जनालाई सार्वजनिक गरेको हो । कैलालीको धनगढी उप–महानगरपालिका–६ का राजकुमार चौधरी, धनगढी–१३ का राम प्रवेश राना, कञ्चनपुरको बेलौरी नगरपालिकाकाका उग्रसेन राना, कञ्चनपुरकै कृष्णपुर–९ का कल्लु भनिने कालु राना पक्राउ परेका हुन् । प्रहरीले चौधरीको बयानका आधारमा काठमाडौंमा लुकेर बसेका कालु र रामप्रवेशलाई पक्राउ गरेको हो ।

आईएमईका कर्मचारीमाथि गोली प्रहार गर्ने कल्लुले यसअघि जबरजस्ती करणी मुद्दामा ६ वर्ष र उग्रसेनले ४ बर्ष ८ महिना जेल सजाय भुक्तान गरेका थिए । उनीहरुले जेठ १३ गते धनगढीमा गोली प्रहार गरी केन्ट ड्रेडर्स एन्ड सप्लायर्सका निर्मल कार्कीलाई गोली प्रहार गरी उनको साथमा रहेको ९ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्