Logo

गोरेको सहयोगी पक्राउ, सुन काण्डको हुने भयो फर्दाफास

सुन तस्करी प्रकरणमा फरार रहेका चुडामणि उप्रेती ‘गोरे’का सहयोगी साथी पक्राउ परेका छन् । दक्षिण कोरियाबाट फर्कने क्रममा काभ्रेका राम तिवारीलाई अध्यागमन कार्यालयले पक्राउ गरेको हो। गोरे र डिएसपी प्रजित केसीबीच पनि तिवारीको कुरा उठेको थियो।

तिवारीले गोरेलाई विभिन्न निकायका सेटिङ मिलाउन सहयोग गरेका थिए। गोरेले तिवारीलाई भेट्न आग्रह गर्दा डिएसपी केसीले आफूले नचिनेको बताएका थिए। सोही आधारमा छानबिन समितिले तिवारीको पनि खोजी गरेको थियो। तिवारी पक्राउ परेपछि सुन प्रकरणका केही रहस्य बाहिर आउने आशा गरिएको छ । अध्यागमनले तिवारीलाई छानबिन समितिको जिम्मा लगाएको छ।

प्रतिक्रिया दिनुहोस्