Logo

१४ वर्षका भए नेपालकै पहिलो ‘टेस्ट्युब बेबी’ तामाङ !

आज भन्दा १५ बर्ष अगाडि तीन वटा बच्चा खेर गए पछि ग्वार्कोका सन्ध्या तामाङ दम्पतीलाई अब सन्तान सुख नहुने भयो भन्ने चिन्ताले सताइरहेको थियो। तर लामो समय सम्म बरिष्ठ स्त्रि रोग विशेषज्ञ डा. भोला रिजाललाइ देखाइ रहेका सन्ध्या दम्पतीलाई डा.रिजालले भिआइ एफ प्रविधि (टेस्ट्युब) माध्यामबाट बच्चा जन्माउन सकिने र सो प्रविधि ओम अस्पतालमा नै रहेको बताए। जसले गर्दा उनिहरु डा. रिजालकै निगरानिमा आइभिएफ प्रविधि बाट सन्तान जन्माउन राजी भए।

फलस्वरुप नेपालमा भिआई एफ प्रविधि बाट ओम अस्पतामा ओम मणि तामाङ को जन्म भयो। जसको कारण सन्ध्या तामाङ दम्पती नेपालमा भिआइ एफ प्रविधिबाट जन्मने बच्चा को पहिलो बुवा आमा बने। ओममणिका आमा सन्ध्या तामाङले टेस्टट्युब प्रविधिले बिवाह गरेर पनि लामो समय सम्म सन्तान सुख नपाएका धेरै आमाबुबाका लागि बरदान भएको बताइन्।

उनले भनिन् ‘ मेरो तीन वटा बच्चा खेरा गइसकेको थियो, जसले गर्दा अब हाम्रो सन्तान हुदैन होला भन्ने धेरै चिन्ता थियो तर हामीले ओम अस्पतालमा डा. रिजालको निगरानीमा टेस्टट्युब माध्यमबाट छोरा जन्मायौं, आज हामी धेरै खुसी छौँ यो प्रविधीले हामी जस्तै लामो समयसम्म सन्तान नभएकाहरुको लागि बरदान जस्तै हो।’ यस्तै डा . रिजालसँग पनि आज भन्दा १४ बर्ष अगाडी आफूहरुले टेस्टट्युब को माध्यमबाट नेपालमानै पहिलो पटक ओम मणी तामाङको जन्म हुदाँ धेरैले नपत्याएको अनुभव छ। डा. रिजाले भने, ‘आज भन्दा १४ बर्ष अघि फागुन २२ गतेको कुरा हो, जब मैले शल्य कक्षबाट ओममणिलाई हातमा लिएर बाहिर आउँदा धेरै अचम्ममा परे।’

हाल नेपालमा नै पहिलो पटक भिआइ एफ प्रविधि (टेस्ट्युब) माध्यामबाट जन्मिएका ओम मणि तामाङ सेन्ट जेभियर्समा कक्षा आठमा पढ्छ। भविष्यमा उनी एक सफल वैज्ञानीक बन्ने सपना बुनिरहेर अगाडी बढिरहेका छन्। चञ्चल स्वभावका ओमणीले भने ‘मलाई पढेर वैज्ञानिक बनेर देशको सेवा गर्न मन छ।’ टेस्ट्युब माध्यमबाट जन्मने बच्चा पनि अन्य बच्चा जस्तै सामान्य हुने भए पनि धेरैले आफंनो छोरालाई उसको स्वास्थ्य अवस्था कस्तो छ भनेर धेरै सोध्ने गरेको समेत ओममणी तामाङका आमाले बताइन्।

उनले भनिन् ‘धेरैले टेस्ट्युबबाट जन्माएको बच्चा भनेर उसको अवस्था बारेमा धेरै सोध्ने गर्नु हुन्छ, तर ऊ अन्य बच्चा जस्तै नर्मल छ, पढ्न पनि राम्रो छ।’ ओममणि नेपालकै पहिलो टेस्टट्युब बेबी हुन् । तर अहिले नेपालमा ओम मणी जसरी जन्मले बच्चाहरु हजार भन्दा बढी पुगि सकेको डा. रिजाले बताए। उनका अनुसार हाल नेपालमा १२ स्थानबाट टेस्टट्युब माध्यमबाट बच्चा जन्माउन मिल्ने बताए।

के हो आइभिएफ प्रविधि (टेस्ट्युब) भनेको? यदि प्रकृतिक रुपमा नै महिलाको पेटमा गर्भ नरहेको खण्डमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई निकालेर प्रयोगशालामा राखि भ्रुण विकास भएपछि गर्भाधान गराएर महिलाको पाठेघरमा राख्ने गरिन्छ। प्रायजसो यस्तो प्रविधीबाट पाठेघरको नलीमा समस्या भएर बच्चा जन्माउन नसकेका महिलाहरु र शुक्रकिट बन्न नसकेका पुरुषहरुको डिम्ब र शुक्रकिट संकलन गरी सिसाको ट्युबमा राखेर भ्रुण तयार पार्ने प्रक्रिया शुरु गरीन्छ। ४८ घण्टामा यो प्रकृया पुरा हुन्छ। महिलाको पाठेघरको नलीमा हुने उक्त प्रक्रियालाई बाहिर ट्युबमा राखेर गराइने प्रकृयालाईनै टेस्टट्युव बेबीको प्रक्रिया हो।

यसरी टेस्टट्युबमा गर्भाधानको प्रक्रिया पूरा भएपछि भ्रुणलाई सिरिन्जको माध्यमबाट महिलाको पाठेघरको भित्तामा नै लगेर राखिन्छ। त्यसपछि महिलाको पाठेघरमा साधारण अवस्थामा जस्तै भ्रुण विकसित भई बच्चा बन्ने प्रकृया सुरु हुन्छ। र प्राकृतीक रुपमा गर्भवती भएका महिलाले जस्तै ९ महिना पुगेपछी बच्चाको जन्म हुन्छ। त्यसैले यसरी जन्मने बच्चालाई टेस्टट्युब बेबी भन्ने गरिन्छ। नेपालमा यसरी बच्चा जन्माउन १० लाख सम्म लाग्ने बताइन्छ। हाल नेपालमा करीब पन्ध्र प्रतिशत प्रजननयोग्य दम्पत्ति निस्सन्तानको समस्यामा पर्ने गरेको अनुमान छ। थाहा खबर बाट

प्रतिक्रिया दिनुहोस्