Logo

पशुपतिनाथले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २३ गते बुधवार

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशी श्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल जेठ२३गते बुधबार नेपाल सम्बत ११३८ अनलागा,सन् २०१८ जून६ तारिक अधिक ज्येष्ठकृष्णपक्ष सप्तमी तिथि विहान ७ वजेर १२ मिनेटसम्म,शतभिषा नक्षत्र अपरान्ह४÷५५ वजेसम्म,विष्कुम्भयोग,बवकरण,आनन्दादियोग मानस,सूर्य वृष राशीमा,चन्द्रमा कुम्भ राशीमा ।

ॐः–राहुकालः–मध्यान्ह१२÷४वजेबाटअपरान्ह १÷४८वजेसम्म रहनेछ,यमघण्टायोगः–विहान६÷५४ वजेबाट ८÷३७वजेसम्म रहनेछ, दूरमुहूर्तः–पूर्वान्अ११÷३७ वजेबाट मध्यान्ह १२÷३२ वजेसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷३२वजेसम्म रहनेछ,गुली कालः–विहान१०÷२१वजेबाट मध्यान्ह १२÷४वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।पञ्चक अहोरात्र,दक्षिण यात्रा वर्जित छ ।

ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म लाभवेला,६÷५३ वजेदेखि ८÷३६वजेसम्म अमृतवेला,८÷३६ देखि १०÷१९ वजेसम्म कालवेला,१०÷१९ देखि १२÷३ वजेसम्म शुभ वेला,१२÷३ देखि १÷४६ वजेसम्म रोगवेला,१÷४६ देखि ३÷२९ वजेसम्म उद्वेग वेला,३÷२९ देखि ५÷१३ वजेसम्म चरवेलार ५÷१३ वजे देखि सूर्यास्तसम्म लाभवेला रहनेछ ।

ॐः–सूर्यास्तबाट ८÷११ वजेसम्म उद्वेगवेला,८÷११ वजेदेखि ९÷२८ वजेसम्म शुभ वेला,९÷२८ देखि १०÷४५वजेसम्म अमृतवेला,१०÷४५ देखि १२÷१ वजेसम्म चर वेला,१२÷१ देखि १÷१८ वजेसम्म रोगवेला,१÷१८ देखि २÷३५वजेसम्म कालवेला,२÷३५ वजे देखि ३÷५२ वजेसम्म लाभ र ३÷५२वजे देखि सूर्योदयसम्म उद्वेगवेला रहनेछ ।

“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।

मेष
घर परिवारबाट सहयोग पाईनेछ । घरमा जमघट बढ्नेछ । भौतिक सम्पति बढ्नेछ । आम्दानीका नयाँ क्षेत्र फेला पर्ने छन् । उद्योग पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाटआम्दानी बढ्नेछ ।

बृष

काम गर्ने जोश जागर बढ्नेछ । नयाँ कामको अवसर प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । घर बाहिर बसेर गरेका काम बढि उपलब्धिमूलक रहने छन् । अधुरा काम बन्ने छन् ।

मिथुन
मन चञ्चल हुनेछ । बाहिरी कामको अलमलमा पर्दा आफ्ना कामले गति लिने छैन । काम गरेर जश कमै मिल्नेछ । आर्थिक कारोवारमा तनाव हुन सक्छ । यात्राको सम्भावना देखिन्छ ।
कर्कट

शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । काम गर्ने वातावरण पनि मिल्ने छैन । अनावस्यक काममा समय र धन खर्च हुनेछ । झुट्टा आरोप लाग्न सक्छ सतर्क रहनु होला ।

सिंह
वैदेशिक कार्य योजनले मुर्तरुप लिनेछ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।

कन्या

आफुले गरेका कामले आफुलाई भन्दा अरुलाई बढि फाइदा हुन सक्छ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ सजग भई काम गर्नु होला । मेहनतका साथ गरेका काम सफल हुनेछन् ।
तुला

पढाई लेखाईमा ध्यान केन्द्रित हुनेछ । काम गर्दा अलमलमा नपरि गर्नु होला । आफुले ढिलो गर्दा अरुले फाइदा लिनेछन् । दैनिक काम काज सुचारु रुपले अगाडि बढ्ने छन् ।

बृश्चिक

पारिवारिक सुख शान्ति मिल्नेछ । काम गरेर जश भने कमै पाईनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । लेनदेन कारोवारमा विवाद पर्न सक्छ ।
धनु

आत्म विश्वासका साथ काममा प्रवेश गर्न होला गरेका काम सफल हुनेछन् । न्यायिक,बैदेशिक तथा वित्तिय क्षेत्र मजबुत देखिन्छ । अर्थ अभावले काममा सामान्य ढिला सुस्ति हुनसक्छ ।

मकर

जीवन साथिको सहयोग लिएर काम गर्नु होला अवस्य सफल हुनुहुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । धन दिने काम भने आज नगर्नु उचित हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला ।

कुम्भ

इच्छा आकाँक्षा,आत्मबल बढ्नेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाईमा भन्दा कमाईमा ध्यान जानेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

मीन
दुर्जनसँग भेट हुनेछ । आर्थिक व्ययभार बढ्नेछ । उपलब्धिका काम रोकिने छन् । खर्चालु काम हुनेछन् ।परभाव,परबन्धनमा पर्न सकिन्छ । पढाई लेखाईमा ध्यान कम जानेछ । सहयोगी मन टाढा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्