Logo

प्रचण्डका घरबेटीको काम-जहाँ ठेक्का लियो त्यही अलपत्र, सिरियामा फसेकी चेलीका बुबा सम्पर्कमा ! (भिडियोसहित)

प्रतिनीधि सभा वैठकमा सांसद कलुदेवी विश्वकर्माको अभिव्यक्ति बारे आज चर्चा गर्न चाहन्छु । दलित भएकै कारण आँफुले काठमाडौंमा डेरा नपाएको दुखेसो सांसद विश्वकर्माले संसदमा पोखिरहँदा यो समाजको यर्थाथ चित्रण भएको छ ।

जातिय विभेद विरुद्ध कानुन भएपनि व्यवहारमा कस्तो छ भन्ने कुराको प्रष्ट चित्रण हो सांसद विश्वकर्माको डेरा अनुभव । एउटा जनप्रतिनिधी, सांसद जस्तो मानिसलाई त यति विभेद गरिन्छ भने दुर दराजबाट काठमाडौंमा डेरा माग्ने अन्य दलित समुदायको के हाल भएको होला ?

समाजको यो विभेद नहट्नु पछाडिको प्रमुख कारण हो बर्षौ अघि तपाई हामीलाई विभेदको इन्जेक्सन लगाइएको छ । यो इन्जेक्सनको प्रभाव सजिलै जाँदैन । हामीलाई यो पनि थाहा छ कि भाषण मा अथवा समाजमा जातभात केही हैन भन्ने, जातिय भेदभावको विरोध गर्नेहरु अधिकांश डलब स्ट्याण्र्ड हुन्छन् ।

आजको जमानामा जात भातको कुरा गरेर हुन्छ भन्नेहरु घरमा छोराछोरीलाई दैनिक तर्साउने प्रकृतीका हुन्छन र भन्ने गर्छन ।
आँफु भन्दा तल्लो जातको मानिसलाई रेजिस भने तेरो खुट्टा भाँचिदिन्छु । जब सम्म समाजमा दिइने शिक्षा र घरमा दिइने शिक्षा फरक हुन्छ तबसम्म संसद कलुदेवी विश्कर्माका घरबेटीहरु साँचोको झुप्पा सँगै एउटा मर्म वेदी प्रश्न लिएर ढोकामा उभिन्छन् ।

प्रतिक्रिया दिनुहोस्