Logo

ट्रम्प र किमको सुरक्षा जिम्मा गोरखा सैनिकलार्इ, अत्याधुनिक प्रविधियुक्त बेल्जियममा बनेको हतियार पर्योग गरिने

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच निकट भविष्यमा सिंगापुरमा ऐतिहासिक शिखर वार्ता हुँदै छ। दुवै देशका नेताबीच हुन लागेको बहुप्रतीक्षित शिखर वार्ताको सुरक्षाको विषयलार्इ लिएर यतिबेला अन्तर्राष्ट्रिय संचार माध्यममा चर्चा परिचर्चा हुन थालेको छ। सिंगापुरले पनि दुवै नेताबीचको शिखर वार्ता तनावरहित वातावरणमा सम्पन्न होस् भन्ने चाहिरहेका बेला वार्ता अवधिको सुरक्षा जिम्मा कसलार्इ देला भन्नेमा विश्वकै ध्यान केन्द्रित भएको छ।

सुरक्षाविज्ञहरूले निकट भविष्यमा हुन लागेको ऐतिहासिक शिखर वार्ताको सुरक्षा जिम्मा बहादुर नेपाली भनेर विश्वभर चिनिएका गोरखा सैनिकलार्इ प्रदान गर्न सक्ने आंकलन गरेका छन्। यद्यपि, दुवै देशका नेताको सुरक्षाका लागि प्रविधियुक्त हातहतियारसहितका व्यक्तिगत सुरक्षाकर्मी पनि आउनेछन्। तर पनि सिंगापुरले आफ्ना सुरक्षाकर्मीका साथ गोरखा सैनिकलार्इ पनि परिचालन गर्ने र गोरखा सैनिकले अतिविशिष्ट सुरक्षाकर्मीका साथमा रहेर वार्तास्थल, सडक तथा होटलहरूको सुरक्षा दिनेछन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संयुक्त राज्य अमेरिकाका सुरक्षा सचिव जेम मट्टिस तथा अन्य उच्चअधिकारी सिंगापुर पुग्दा उनीहरूको सुरक्षाका लागि सांग्रिला होटल वरपर न्यून गोरखा सैनिक परिचालन गरिएको थियो। तर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमबीचको बहुप्रतीक्षित शिखर वार्ताको समय अगावै सिंगापुरमा गोरखा सैनिक परिचालन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्।

अमेरिका-उत्तर कोरिया शिखर वार्तामा गोरखालीहरूले सुरक्षाका लागि अत्याधुनिक प्रविधियुक्त बेल्जियममा बनेको एफएन एससिएआर कम्ब्याट एसोल्ट राइफल र पेस्तोलहरू प्रयोग गर्ने केही उच्च सुरक्षा विशेषज्ञहरूको अनुमान छ। उच्चप्रविधियुक्त हातहतिरयाका बाबजुद गोरखाहरू आफ्नो छुट्टै पहिचान बनाएको परम्परागत हतियार खुकुरीबिना भने सुरक्षामा खटिने छैनन्। ‘उनीहरूले सिंगापुरका लागि राम्रो प्रस्ताव गर्न सक्छन् र मलार्इ विश्वास छ उनीहरू अवश्य नै यो शिखर वार्तामा सुरक्षा दिन सक्छन्’, इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्र्याटिजिक स्टडिज सिंगापुरका आर्मेड फोर्स सैनिक विशेषज्ञ टिम ह्यक्सलीले भने। ‘उनीहरू अग्रस्थानमा रहेका अत्यन्तै बहादुर सिपाही मानिन्छन् र यस्ता प्रकारका इभेन्टलार्इ परिचालन गर्नका लागि गोरखा सैनिकलार्इ प्रशिक्षित गरिएको हुन्छ।’

तर सरकारका प्रवक्ताले गोरखा सैनिक कति परिचालन गरिनेछ भन्ने विषयमा सूचना दिन इन्कार गरिदिएका छन्। सिंगापुरमा छवटा कम्पनीबाट एक हजार ८०० गोरखा सैनिकहरूले सिंगापुर प्रहरीमा सेवा दिइरहेको आइआइएसएसले उल्लेख गरेको छ। नेपालीहरू व्रिटिस गोरखा सैनिकमा भर्ती हुन थालेको २०० वर्ष पुगेको छ। व्रिटिस उपनिवेशको समयदेखि नेपालीहरू व्रिटिस सैनिकमा भर्ना हुन थालेका थिए र यसको सम्बन्ध सिंगापुरसँग पनि छ।

गोरखा सैनिकहरूलार्इ बेलायतले सिंगापुरमा सुरक्षार्थ पठाउने गरेको छ। १९अौँ ‌शताब्दीमा गोर्खालीहरूले देखाएको बहादुरी र लडाइँमा देखाएको कौशल देखेर व्रिटेनले गोर्खालीहरूलार्इ सैनिकमा भर्ना गर्न थालेको थियो। अहिले व्रिटिस, भारतीय र नेपालीले ब्रुनाई र सिंगापुरमा सुरक्षा दिइरहेका छन्। गोर्खालीहरू व्रिटिसको पक्षबाट विश्वयुद्ध, फकल्याण्डको लडाइँका साथै पछिल्लो समय अफगानिस्तानमा लडिरहेका छन्। हक्सल भन्छन्, ‘गोरखा सैनिकले लामो समयदेखि सिंगापुरको उच्च नेतृत्व वर्ग, विभिन्न राज्यमा रहेका भिआइपी, भ्रस्टाचारविरोधी व्यक्तिहरूलार्इ तटस्थ रूपमा सुरक्षा प्रदान गर्दै आइरहेको छ।

क्षेत्रीय तनावका समयमा गोरखा सैनिकहरूले मलेसिया-सिंगापुरको सीमा सुरक्षा अन्तर्राष्ट्रिय विद्यालयहरूको सुरक्षा दिन्छन्।’ सिंगापुर प्रहरीले गोरखा सैनिकलार्इ दृढ र साहसी सैनिक समूह भनेर प्रशंसा गर्नुका साथै सिंगापुरलार्इ उच्च सुरक्षा प्रदान गर्ने निकायको रूपमा पनि व्याख्या गरेको छ। गोरखा सैनिकहरू आफ्ना परिवारसँग शहरभन्दा बाहिर रहेका माउन्ट वर्नन क्याम्पमा बस्छन्, उनीहरूलार्इ बिना कारण सिंगापुर आउने अनुमति भने छैन। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्