Logo

ट्रम्प र किम जोङ सिंगापुरको यस्तो होटलमा भेट गर्दै, उक्त होटललाई गरियो विशेष क्षेत्र घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता सिंगापुरको ‘सेन्तोसा आइल्याण्ड’मा हुने भएको छ ।अन्तराष्ट्रिय मिडियाका अनुसार दुई नेताबीच सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा १२ जुनमा विहान ९ बजे भेटवार्ता हुने बताइएको छ ।

सिंगापुर सरकारले सोमबार विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ । यसमा सेन्तोसा आइल्याण्ड पनि परेको छ । आइल्याण्डको दक्षिण पश्चिमी तटको करिव एक किलोमिटर विशेष क्षेत्रमा पर्छ । ट्रम्प–किम भेटमा उनीहरुलाई गोरखाली सेनाले सुरक्षा दिने बताइएको छ ।यि दुईको भेट हुनुले बिश्वमा नयाँ तरगं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्