Logo

खुसीको खबर : सवारि साधनको ट्रायल दिएर वाक्क हुनुहुन्छ ? अव चिन्ता नलिनुहोस् !

सवारि साधनको ट्रायल परीक्षा दिदा दिदा कैयौ ब्यतिहरु वाक्क भएका हुनसक्छन् । उपत्यकाका सबैजसो यातायात कार्यालयमा मोटरसाइकल तथा स्कुटरको ट्रायल दिनेहरुको लाइन लाग्ने गरेको छ । घण्टौं लाइनमा बसेर ट्रायल परीक्षाका लागि फर्म भरेकाहरु सानो गल्तीका कारण ट्रायलमा फेल हुँदै आएका छन् ।

ट्रायल परीक्षा दिदा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । त्यस मध्य पहिलो हो आत्मबल । यदी ट्रायल परीक्षा दिन लाग्दैहुनुहुन्छ भने परीक्षार्थी डराउनु हुँदैन, आत्तिनु हुँदैन । आत्मबल उच्च बनाउनु पर्छ । ट्रायल परीक्षा दिनुभन्दा पहिला सिक्ने क्रममा सजिलै पास गर्नेहरु ट्रायलमा फेल हुने गरेका छन् । कमजोर आत्मबलका कारण नै फेल हुने गरेको हो । त्यसकारण आत्मबल उच्च राख्नुहोस् । ढुक्कसँग ट्रायल दिनुहोस् ।

अनी अर्को कुरा, हेल्मेट तथा स्ट्याण्ड । यदी ट्रायलमा फेल हुनुको अर्को सामान्य तर धेरैले ध्यान नदिएको कुरा हेल्मेट हो । तपाई हेल्मेट लगाउनुहुन्छ तर हेल्मेटको फित्ता लगाउन बिर्सनुभयो सबै कुरा पास गरे पनि तपाई फेल हुनुहुन्छ । त्यसैले हेल्मेट लगाउने बित्तिकै फित्ता पनि लगाउनुहोस् ।

मोटरसाइकल तथा स्कुटरको स्ट्याण्ड लगाउन विर्र्सनु भयो भने पनि तपाई ट्रायल परीक्षामा फेल हुनुहुन्छ । त्यसकारण ट्रायलको ‘एट’ (8) फिगरमा प्रवेश गर्नुभन्दा पहिला यी दुबै कुरामा ध्यान दिनुहोस् ।

ट्रायलको पहिलो सुरुवात नै एट (8) फिगरबाट हुन्छ । एट (8) फिगरमा छिर्दा तपाईलाई सहज लागेको दाँया, बाँया जताबाट पनि छिर्न पाइन्छ । आफूलाई सजिलो लाग्नेतर्फबाट छिर्नुहोस् । मोटरसाइकल तथा स्कुटर स्र्टाट गरेर एट (8) फिगरभित्र छिरिसकेपछि पँहेलो रेखा छुन, खुट्टा टेक्न र स्र्टाट बन्द गर्नु हुँदैन । एकपटक एट (8) फिगर पूरा गरिसकेपछि पुनः आधा एट (8) गर्नुपर्छ ।

हामीले बिर्सन नहुने कुरा भनेकै ट्राफिक बत्तीसम्बन्धी नियमहरु पनि एक हो । एट (8) फिगर कटाएपछि अगाडि जेब्राक्रस आउँछ । जेब्राक्रसमा जानुभन्दा अघि ट्राफिक बत्ती हेर्नुपर्छ । रातो र पँहेलो बत्ती बलेमा जेब्राक्रसमलाई नछोई रोक्नुपर्छ । हरियो बत्ती बलेमा नरोकी अघि बढ्नुपर्छ ।
जेब्राक्रसमा गइसकेपछि जुनसुकै बत्ती बलेपनि रोक्किनु पर्दैन ।

त्यस्तै साइड लाइटसम्बन्धी नियमहरुमा ध्यान नदिदा पनि हामी चुकेका हुन्छउ परिक्षामा । एबिलप (फलेक आकार जस्तो डाँडी) को अन्तिममा पुगेर तथा यु टर्नमा छिर्नुभन्दा अगाडि कता मोडिने हो त्यहीतर्फको साइड लाइट बाल्नुपर्छ । यु टर्न सकिनासाथ स्पीड ब्रेकरमा छुनुभन्दा अगाडि साइड लाइट अफ गरिसक्नुपर्छ । साइड लाइट बाल्न वा बन्द गर्न बिर्सिएमा, ढिलो बन्द गरेमा, विपरित दिशाको साइड लाइट बलेमा, झुक्किएर हर्न बजेमा ट्रायल फेल हुन्छ ।

यु टर्नको पँहेलो धर्का छुन, खुट्टा टेक्न हुँदैन । उकालोमा दुबै धर्काहरु नछोई स्टप (stop) लेखेको ठाउँमा रोक्नुपर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्रै अघि बढ्ने । अगाडि बढ्दा मोटरसाइकल तथा स्कुटर पछाडि सरी पँहेलो धर्का छुनु नुहने ।
उकालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने । क्लच र एक्सिलेटरबाट हात नहटाउने, स्र्टाट बन्द नगर्ने । अगाडि बढाउँदा खुट्टा नघिसारी अगाडि बढाउने ।

ओरालोमा रोक्दा अगाडीको धर्का नछोइ रोक्ने तर (stop) लेखिएको भागलाई भने छुवाउनु पर्छ ।
ट्राफिक प्रहरीले अगाडि बढ्न संकेत गरेपछि मात्र अगाडि बढ्ने । ओरालोमा रोक्दा दुबै खुट्टा तल राख्न पाइने छ । तर आफूलाई सहज लाग्छ भनेसकेसम्म एउटा खुट्टाले मात्र भुइमा टेक्ने । रोक्दा पडाडिको चक्का नचिप्लिने गरी नियन्त्रित भएर रोक्नुपर्छ ।

यी सबै कुरा पास गरेपछि तपाई लाइसेन्स लिन योग्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्